को बन्ला 'नेपाली तारा- ३' ?

[dropcap]गी[/dropcap]तसँगीतको क्षेत्रमा सुनौलो भविष्य निर्माण गर्न चाहने नव प्रतिभाहरुको लागी खुशीको खबर । देशकै सबैभन्दा ठुलो गायन रियालिटी शो नेपाली ताराको तेस्रो संस्करण आयोजना हुने भएको छ । आयोजक निलबारही फिल्मसले सोमबार राजधानीमा पत्रकार भेटघाटको आयोजना गर्दै यसबारेमा औपचारिक घोषणा गरिएको हो । Nepali tara3-inकोकाकोलाको मुख्य प्रायोजन रहेको नेपाली ताराको लागि भाद्रको दोस्रो हप्तादेखि अडिसन सुरु हुने भएको छ । कार्यक्रममा बरिष्ठ संगीत निर्देशक प्रकाश गुरुङ, संगीतकार सुरेस अधिकारी र गायक रामकृष्ण ढकाल निर्णायक रहनेछन । कार्यक्रमको लागी काठमाण्डौ, भक्तपुर, ललितपुर, पोखरा, बुटवल, धरान र नारायणगढमा अडिसन हुने भएको छ । दोस्रो संकरणका विजेता सन्तोस लामा र पहिलो संस्करणको रनर–अप धर्वेन्द्र सेवान कार्यक्रम सञ्चालन गर्नेछन ।
प्रतियोगिताको विजेताले एउटा मोटरसाइकल लगाएत रु। २,५१,००० नगद पुरस्कार र ३ वटा गीत गाउने अवसर पाउनेछन् जसको ३ वटै म्युजिक भिडियो बनाइने छ । अन्तिम १० प्रतियोगिहरु प्रत्येकले रु। ११,००० नगद पुरस्कारका साथ विशेष टप १० एल्वममा एउटा गीत गाउने अवसर पाउने पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईयो । नेपाली ताराको विजेताले अष्ट्रेलिया ट्रिपमा जान पाउने छन् भने सिड्नी र मेल्वर्नमा कन्सर्ट गर्ने मौका पाउने छन् ।
कार्यक्रममा पहिलो नेपाली तारा बनेका दिपक लिम्बुले नेपाली तारामा भाग लिएर आफ्नो जीवन पुर्ण रुपमा परिवर्तन भएको भन्दै सबै नव प्रतिभाहरुलाई भाग लिनको लागी हौसला दिए । कार्यक्रमका कार्यकारी निर्माता तथा निर्देशक रान्जित आचार्यले पहिलेको भन्द्या तेस्रो संस्करण भिन्न् हुने बताए ।
स्मरण रहोस यहि नेपाली तारको पहिलो र दोस्रो संस्करणबाट उदाएका थुप्रै गायकगायिकाहरु अहिले सँगीतमा जमिरहेका छन । दिपक लिम्बु, सन्तोष लामा, दुर्गा खरेल, इन्दिरा जोशी, रुपक डोटेल, धर्मेन्द्र सेवान लगायत यसका उदाहरण हुन ।

Namaste Filmy

Read Previous

लाहुरेको कथा 'माइ प्रमिस' युके मा पनि देखाइदै ।

Read Next

बलिउड स्टारहरु कसको हाइट कति ? टपटेन लिस्ट ।