'ताण्डव'को गीतमा अनुपको आइटम डान्स । भिडियो ।

[dropcap][/dropcap]इटम गीतहरुमा हट आइटम डान्सरहरु तथा नायिकाहरु मात्र फिचरिङ् हुने ट्रेन्डलाई तोडदै फिल्म ‘ताण्डव’को गीत सार्वजनिक भएको छ । सार्वजनिक आइटम गीतमा मुख्यत अनुप बराल फिचरिङ छन । tandabnepali film-inउनको आइटम अरु आइटम डान्सजस्तो ज्यान तताउने खालको छैन । फिल्मको कथा र पात्रको भुमिकाअनुसार अनुपलाई नचाइएको हुन सक्ने बुझ्न सकिन्छ । गीतमा रामचन्द्र काफ्लेको स्वर रहेको छ भने सुजेन्द्र कार्कीको सँगीत रहेको छ ।
कुलत र अपराधको कथा ‘ताण्डव’लाई विदेशी निर्देशक मुर्रे केर ले निर्देशन गरेका हुन । स्म्यसिङ एप्पलको ब्यानरमा मोहन डोटेलले निर्माण गरिएको फिल्मलाई काठमण्डौ तथा तौलिहवाको विभिन्न स्थानमा खिचिएको थियो । फिल्ममा र्यापर आशिष राणा, नम्रता श्रेष्ठ, अनुप बराल, बिपिन कार्की, एलन गुरुङ लगायतको अभिनय छ । फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन । फिल्मको रिलिज मिति यहि भाद्र ६ गते तोकिएको छ ।

भिडियो हेर्नुहोस :

Namaste Filmy

Read Previous

बलिउड स्टारहरु कसको हाइट कति ? टपटेन लिस्ट ।

Read Next

नायिकाहरुको फेसबुक पेज धमाधम भेरिफाइड ।