नायिकाहरुको फेसबुक पेज धमाधम भेरिफाइड ।

[dropcap][/dropcap]छिल्लो समय नेपाली नायिकाहरुको फेसबुक पेज धमाधम भेरिफाइड हुन थालेको छ । पछिल्लो पटक नायिका केकी अधिकारीको फेसबुक पेज पनि भेरिफाइड भएको छ । यसअघि नायिका नम्रता श्रेष्ठको पेज भेरिफाइड भैसकेको थियो भने केहि दिन अघि मात्र प्रियंका कार्कीको पेज भेरीफाइड भएको थियो । keki-adhikari-facebook-in यसरीे पेजहरु भेरिफाइड भएपछि पेजमा निलो सहि चिन्ह लाग्ने गर्दछ । जसबाट फेक पेज र आधिकारीक पेज छुट्याउन सजिलो हुने गर्दछ ।
आफ्नो पेज भेरिफाइड भएपछि केकीले खुशी हुदै फेसबुकलाई धन्यवाद दिइन । उनी फेक पेजहरुले गर्दा पटकपटक तनावमा परेकी थिइन तर अब भने त्यस्तो समस्या नआउने उनको बिश्वास छ । उनको पेजमा १ लाख १२ हजार बढी लाइक देखेपछि फेसबुकले भेरिफाइड गरेको हो । त्यस्ते प्रियंका कार्कीको भने करिब ८० लाख लाइक हुदाँ नै पेज भेरिफाइड भएको थियो ।
यता करिब ७ लाख ५० हजार लाइक पुग्दा पनि नायिका रेखा थापाको भने पेज भेरिफाइड हुन सकेको छैन । त्यस्तै गायक राजेशपायल राईको पनि १ लाख ८ हजारभन्दा बढी लाइक पुग्दासमेत पेज भेरिफाइड हुन सकेको छैन ।
यता लोकगायिका मुना थापा र सुनिता दुलालको पनि पेज भेरिफाइड भैसकेका छन ।

Namaste Filmy

Read Previous

'ताण्डव'को गीतमा अनुपको आइटम डान्स । भिडियो ।

Read Next

कसको लागी रुदैछिन केकी ? भिडियो हेर्नुहोस ।