कसको लागी रुदैछिन केकी ? भिडियो हेर्नुहोस ।

[dropcap]‘तँ[/dropcap] मात्र एउटा यस्तो मान्छे होस जसले मलाई माया गर्न सक्छ । मेरो रक्षा गर्न सक्छ जस्तो लागीरह्यो ।’ यी वाक्यहरु नायिका केकी अधिकारीेले बोलेकी हुन । उनले निकै भावुक हुदै र रुदै यसरी बोलिरहँदा वरपर सबैतिर सान्नाटा छायो । केकीले कसलाई यस्तो भनिन त ?shree 5 ambare-inकेकीले आफु अभिनित फिल्म ‘श्री ५ अम्बरे’को डबिङको क्रममा यस्तो डाइलग बोलेकी हुन । फिल्म ‘श्री ५ अम्बरे’को हाल डबिङ सकीएको छ । फिल्मलाई जीवनसाथी फिल्मसको ब्यानरमा टी एन आचार्य र दिपक आचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन । फिल्मको निर्देशन भने दिपा बस्नेतले गरेकी हुन । उनले यसअघि फिल्म अन्तराल निर्देशन गरेकी थिइन । फिल्ममा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, विक्रम सिंह, सिर्जना अधिकारी, दीवाज राई, रिया श्रेष्ठ, लोकमणी सापकोटा आदीको अभिनय रहेको छ । गणेश कुमार श्रेष्ठको छायांकन रहेको फिल्ममा चन्दन दत्तको सम्पादन रहेको छ । फिल्मलाई यसबर्षकै प्रतिक्षित फिल्मको लिस्टमा राखिएको छ ।

भिडियो हेर्नुहोस:

Namaste Filmy

Read Previous

नायिकाहरुको फेसबुक पेज धमाधम भेरिफाइड ।

Read Next

हिन्दी फिल्ममा सुनिल थापाको यस्तो लुक्स ।