हिन्दी फिल्ममा सुनिल थापाको यस्तो लुक्स ।

[dropcap]ख्या[/dropcap]तिप्राप्त नेपाली अभिनेता सुनिल थापाले हिन्दी फिल्म ‘मेरी कोम’मा अभिनय गरेका त सबैलाई थाहा छ । तर फरकफरक गेटअपमा नेपाली फिल्ममा देखिएका उनी हिन्दी फिल्ममा चै कस्ता बनेछन त ? कौतुहलताको विषय थियो । अब त्यो कौतुहलता पनि मेटिएको छ । सुनिल थापाको मेरी कोम लुक्स सोसल साइटमा सार्वजनिक भएको छ ।Sunil thapa-meri kom-in यो लुक्समा थापा नेपाली फिल्म ‘मुखौटा’मा पनि देखा परिसकेका छन । फिल्मका स्कृनप्ले राइटर साइविन क्वाद्रास ले सुनिल थापाकोे मेरी कोम लुक्स फेसबुकमा राखेका हुन । उनले थापालाई पावरहाउसको संज्ञा दिएका छन र थापाको ब्रिलियन्ट पर्फमेन्स मेरी कोम मा हेर्न पनि भनेका छन ।
फिल्म ‘मेरी कोम’मा थापाले नायिका प्रियंका चोपडाको गुरुको भुमिका मा अभिनय गरेका हुन । ‘मेरी कोम’को जीवनीमा आधारीत फिल्ममा प्रियंका भने चर्चित बक्सर ‘मेरी कोम’को भुमिकामा छिन । फिल्म आउदो सेप्टेम्बर ५ बाट रिलिज हुदैछ । फिल्मको अफिसियल ट्रेलर भने आउदो बिहिबार रिलिज हुदैछ भने फस्टलुक ट्रिजर र पोस्टर केहि दिनअघि आइसकेको छ ।

Namaste Filmy

Read Previous

कसको लागी रुदैछिन केकी ? भिडियो हेर्नुहोस ।

Read Next

नायिका प्रियंका कार्की विरुद्ध चलचित्र पत्रकार संघमा उजुरी