नायिका प्रियंका कार्की विरुद्ध चलचित्र पत्रकार संघमा उजुरी

karki
नेपाली चलचित्रका नायिकाहरु फिल्म राम्रो खेलेर भन्दा विभिन्न थरिको काण्डले बादी चर्चामा रहने गर्छन । प्राय नायिकाहरु चलचित्र पत्रकारहरु सग नै समाचारको बारेमा पत्रकारलाई लान्छना लगाऊछन् ।नायिका निशा अधिकारीले पत्रकार अनुप भट्टराई सग गरेको बेबहार होश या नायिका सुमिना घिमिरेले पत्रकार बिजय आवाजलाई गरेको गाली गलौज नायिकाहरु यसरि बादी चर्चामा आउछन् अनि पत्रकारहरुको व्यापक दबाब पछि माफी मग्न थालछन् ।फेरी नायिका प्रियंका कार्कीले आफ्नो सामाजिक संजाल फेसबुकमा आफ्नो फोटोको बिषयलाई लिएर गरेको गाली गलौज र झुट आरोप लगाएको भन्दै प्रियंका कार्कीविरुद्ध चलचित्र पत्रकार संघमा उजुरी दर्ता भएको छ ।
priyanaka-karkiपत्रकारलाई लान्छना लगाउने प्रकरणमा सञ्चारकर्मी जीवन पराजुलीले प्रियंकालाइ कार्वाही हुनुपर्ने माग सहित सोमबार उजुरी दर्ता गरेका हुन् । राजधानीको अनामनगरस्थित संघको कार्यालयमा दर्ता नम्बर १२४ मा उजुरी दर्ता गरिएको छ । संघका महासचिव सन्दिप सापकोटाले उनी बिरूद्ध उजुरी दर्ता भएको बताएका छन । उनले प्रियंकालाई माफी मगाउन लगाउने वा कार्वाही गर्ने भन्ने बारेमा मंगलबार बस्ने कार्यसमितिको बैठकले निर्णय गर्ने पनि बताएका छन । गएको साता नाइँ नभन्नु ल २ को सक्सेस पार्टीका क्रममा अभिनेत्री प्रियंकाको वार्डरोव मलफङ्सन सम्बन्धमा  समाचार तथा तस्विर मिडियामा प्रकाशित भएको थियो ।
priyanka-karki
भित्री बस्त्र देखिएको तस्बिर सार्बजनिक भए पछी हङ्कङ पुगेकी नायिकाले पत्रकारलाई होच्याउने खालको अश्लिल शब्दसहित फोटोसपबाट बनाइएको दाबी सहितको एक फेसबुक स्टाटस पोस्ट गरेकी थिइन् । उक्त स्टाटस लेखेर एडिट गर्दै उनले स्टाटसलाइ हटाएकी थिइन् । उक्त स्टाटसलाई अभिनेत्री केकी अधिकारीले पनि लाइक गरेकी थिइन् । संघका महासचिव सापकोटाले भने अब लाइक गर्ने अभिनेत्री अधिकारीलाई पनि कार्वाही प्रक्रियामा तान्ने बिषयमा छलफल गरिने बताएका छन । प्रियंकाको सो तस्बिर खिचेका फोटो पत्रकार सन्नी प्रधानले भने सो फोटो कुनै फोटोशप नबनाई आफुले जस्तो देखेको तेस्तै खिचेको भन्दै यो वास्तविक फोटो नै भएको बताएका छन् ।

Namaste Filmy

Read Previous

हिन्दी फिल्ममा सुनिल थापाको यस्तो लुक्स ।

Read Next

फेरी कसको याद आयो निशालाई ? भिडियो ।