फेरी कसको याद आयो निशालाई ? भिडियो ।

आउदो साउन १६ गते रिलिजको तयारीमा रहेको फिल्म ‘मेरो भ्यालेन्टाइन’को नयाँ गीत सार्वजनिक गरिएको छ । फिल्मको ‘फेरी याद आयो’ बोलको स्याड गीतमा नायिका निशा अधिकारी फिचरिङ छन । गीतलाई स्वप्निल शर्माको सँगीतमा श्रेया सोताङले गाएकी छिन भने अराज केशवको कोरियोग्राफी रहेको छ ।mero valentine-in1मंगलबार राजधानीमा एक पत्रकार भेटघाटको आयोजना गरी फिल्मको गीत सार्वजनिक गर्नुका साथै फिल्मको बारेमा जानकारी दिइएको हो । पत्रकार भेटघाटमा नायिका निशा अधिकारी उपस्थित थिइन र उनले फिल्मको खुलेर प्रशंसा गरिन र पब्लिसिटीमा पुर्ण साथ दिने बताइन । फिल्मको अन्य मुख्य कलाकारहरु बाबु बोगटी, स्वतन्त्रप्रताप शाह र सुस्मिता ढकाल भने नेपाल बाहिर रहेकाले कार्यक्रममा उपस्थित थिएनन । कार्यक्रममा निर्माता शुशिल श्रेष्ठले फिल्मको बारेमा जानकारी गराएका थिए ।

फिल्मलाई सफल निर्देशक सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन । शुशिल श्रेष्ठको प्रस्तुतिमा सफ्ट इमेजद्धरा निर्मित फिल्ममा निशा अधिकारी, सुस्मिता ढकाल, बाबु बोगटी र स्वतन्त्रप्रताप शाहले अभिनय गरेका छन । निर्देशक नाल्बोकै स्कृप्ट रहेको फिल्ममा शम्भु सापकोटाको छयांकन, रोशन श्रेष्ठको द्धन्द, बनिष शाहको सम्पादन, सुगम पोखरेल, बाबु बोगटी र स्वप्निल शर्माको संगीत र गोविन्द राई, अराज केशव र नरेन लिम्बुको नृत्य रहेको छ ।

सार्वजनिक गीत हेर्नुहोस :

Namaste Filmy

Read Previous

नायिका प्रियंका कार्की विरुद्ध चलचित्र पत्रकार संघमा उजुरी

Read Next

नम्रताको हातमा राइफल ? 'ताण्डव' ट्रेलर हेर्नुहोस ।