नम्रताको हातमा राइफल ? 'ताण्डव' ट्रेलर हेर्नुहोस ।

[dropcap]प्र[/dropcap]तिक्षित फिल्म ‘ताण्डव’को नयाँ ट्रेलर रिलिज गरिएको छ । लाउरे, नम्रता श्रेष्ठ, अनुप बराल तथा फिल्मको प्रमुख पात्रहरु सार्वजनिक ट्रेलरमा फिचरिङ छन । ट्रेलरमा अन्य हिरोहरुसँगै नम्रता श्रेष्ठको पनि एक्सन समेटिएको छ । Tandab-nepali-movie-inयसअघि पनि ‘ताण्डव’को एक ट्रेलर आउट भइसकेको छ । उक्त ट्रेलरलाई दर्शकले राम्रो प्रतिक्रिया दिएपछि नयाँ ट्रेलरले पनि दर्शको मन जित्ने निर्माण युनिटको दाबी छ ।
कुलत र अपराधको कथा ‘ताण्डव’लाई विदेशी निर्देशक मुर्रे केर ले निर्देशन गरेका हुन । स्म्यसिङ एप्पलको ब्यानरमा मोहन डोटेलले निर्माण गरिएको फिल्मलाई काठमण्डौ तथा तौलिहवाको विभिन्न स्थानमा खिचिएको थियो । फिल्ममा र्यापर आशिष राणा, नम्रता श्रेष्ठ, अनुप बराल, बिपिन कार्की, एलन गुरुङ लगायतको अभिनय छ । फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन । फिल्मको रिलिज मिति यहि भाद्र ६ गते तोकिएको छ ।

ट्रेलर हेर्नुहोस:

Namaste Filmy

Read Previous

फेरी कसको याद आयो निशालाई ? भिडियो ।

Read Next

ऋतिक र कैटरिनाको 'बैंग बैंग' । ट्रेलर रिलिज ।