ऋतिक र कैटरिनाको 'बैंग बैंग' । ट्रेलर रिलिज ।

[dropcap][/dropcap]लिउड स्टार ऋतिक रोशन र कैटरिना कैफ अभिनित पछिल्लो फिल्म ‘बैंग बैंग’को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा ऋतिकको भरपुर एक्सन समेटिएको छ भने कैटको पनि हट अवतार देख्न सकिन्छ । bang-bang-hindi-movie-inट्रेलरअनुसार फिल्ममा ऋतिक र कैटको हट रोमान्स समेटिएको र जबरदस्त एक्सनसमेत रहेको बुझ्न सकिन्छ ।
‘बैंग बैंग’मा बलिउडमै हालसम्म प्रयोग नगरिएको एक्सन सीन रहेको पनि चर्चा चलिरहेको छ । निर्देशक सिद्धार्थ आनन्दले फिल्ममा केहि न केहि नयाँ गरेको पुरा बलिउडमा हल्ला छ । फिल्ममा ऋतिक र कैटको अलवा बिपाशा बसू, डेनी डेन्जोङगपा र जावेद जाफेरीको पनि मुख्य भुमिका छ । हाल प्राविधिक काम अन्तिम चरणमा रहेको फिल्म आउदाृे अक्टोबर २ मा रिलिज हुनेछ ।

Namaste Filmy

Read Previous

नम्रताको हातमा राइफल ? 'ताण्डव' ट्रेलर हेर्नुहोस ।

Read Next

नेफ्टा अवार्डको मिति तय । कार्तिक १ मा हङकङमा हुने ।