प्रियंका कार्कीसँग स्पष्टीकरण मागियो । शुक्रबारसम्म म्याद ।

[dropcap][/dropcap]माजिक सञ्जालमा गलत अभिब्यक्ति दिएपछि नायिका प्रियंका कार्कीलाई स्पष्टिकरण मागिएको छ । केहि दिनअघि फेसबुकमा अश्लील शब्द प्रयोग गर्दै मिडियालाई गाली गलौज गरेको र सम्पुर्ण पत्रकारीता जगतलाई नै लान्छना लगाएको भन्दै चलचित्र पत्रकार संघले लिखित स्पष्टिकरण मागेको हो । संघको बुधवार बसेको कार्यसमिति बैठकले स्पष्टिकरण दिनको लागी शुक्रबारसम्मको म्यादसमेत तोकेको छ । Priyanka-Karki-in-Bandipurसंघका महासचिव सन्दिप सापकोटाका अनुसार प्रियंकाले दिएको स्पष्टिकरण चित्त नबुझेमा उनलाई थप दुई बिकल्प हुनेछन- माफि माग्ने वा कारबाहिको लागी तयार हुने ।
संघले नायिका कार्कीसँग बुधबार नै टेलिफोनबाट प्रारम्भिक धारणा मागेका थिए । प्रियंकाले उक्त स्टाटस आवेगमा आएर लेखेको र पछि हटाएको प्रतिक्रिया दिएको महासचिव सापकोटाको भनाई छ । उहाँले प्रियंकाको स्पष्टिकरण आएपछि नै के गर्ने हो भन्ने थप निर्णयहरु गरिने बताउनुभयो । त्यस्तै प्रियंकाको उक्त अभिब्यक्तिपछि सहमति दिदै लाइक गर्ने नायिका केकी अधिकारीलाई पनि सचेत गराइने बताइएको छ ।
प्रियंकाले केहि दिन अघि सार्वजनिक वार्डरोव मलफङ्सन सम्बन्धी समाचारलाई लिएर आक्रोश पोख्दै अश्लील शब्द सहित फेसबुकमा स्टाटस राखेकी थिइन । विभिन्न नकारत्मक प्रतिक्रिया आउन थालेपछि उनले उक्त स्टाटस सम्पादन गर्दै पुन हटाएकी थिइन ।
यसबारेमा चलचित्र पत्रकार जीवन लुइटेलले सम्पुर्ण चलचित्र पत्रकारहरुलाई नै लान्छना लगाइएको र अश्लील शब्दसहित गाली गलौज गरेको भन्दै संघमा उजुरी दिएका थिए ।

Namaste Filmy

Read Previous

सुनिल थापाको बर्चस्व हिन्दी फिल्ममा पनि । 'मेरी कोम' ट्रेलर हेर्नुहोस।

Read Next

गर्भ बसेपछि विवाह गर्दैछिन यी हलिउड अभिनेत्री ।