'उत्सव' ट्रेलर रिलिज । युवाको कथा सबैलाई मनपर्यो ।

[dropcap]वि[/dropcap]हिबार चलचित्र ‘उत्सव’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीको कुमारी हलमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर देखाइएको हो । उक्त समारोहमा केहि चलचित्रकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । उपस्थित सबैले ट्रेलर मन परेको प्रतिक्रिया दिएका छन । utsab-inकार्यक्रममा करिब ८ बर्षपछि फिल्म निर्माणमा कमब्याक गरेका ‘उत्सव’ निर्माता शेखर कोइरालाले परिवर्तित प्रविधि र पुस्तालाई अंगालेर फिल्म बनाएको बताए । फिल्मका दर्शक पनि बदलिएकाले त्यहिअनरुप नै फिल्म ‘उत्सव’ बनेको उनको भनाई थियो । त्यस्तै फिल्मका निर्देशक कुमार भट्टराईले युवापुस्ता लक्षित फिल्म बनाएको बताउदै फिल्म कस्तो लाग्छ प्रतिक्रिया दिन आग्रह गरे । त्यस्तै कार्यक्रममा निर्माता कोइरालाले राञ्जित कोइरालालाई लिएर अर्को फिल्म निर्माण गर्ने घोषणा गरे । यता फिल्मको हिरो अर्थात निर्माता कोइरालका छोरा संजोग कोइरालाले पनि बर्षमा एउटा फिल्म दिइरहने बताए ।
‘उत्सव’ बिशुद्ध नयाँ पुस्ताका युवाहरुको कथा हो । फिल्ममा सौगात मल्ल, गौरव पहारी, संजोग कोइराला, प्रकृति श्रेष्ठ, मेनुका प्रधान लगायतको सशक्त अभिनय छ । चार्टड एकाउन्ट पढेका संजोगको यो पहिलो फिल्म हो । फिल्मको कथा लेखन तथा निर्देशन कुमार भट्टराईले गरेका हुन । त्यस्तै करिब ८ बर्षअघि सुपरहिट फिल्म मुग्लान बनाएर पलायन भएको निर्माता शेखर कोइराला फिल्मका निर्माता हुन ।

Namaste Filmy

Read Previous

गायक पशुपति शर्माले जवाफ दिनुपर्छ ।

Read Next

'बिग बोस-८' मा सलमानको पारिश्रमिक हप्ताको ६ करोड ।