फिल्मीखबर डटकम लाई पाँच सय जरिवाना ।

[dropcap]फि[/dropcap]ल्मीखबर डटकमले आयोजना गरेको ओफा अवार्ड २०७१ मा फिल्म ‘मेघा’लाई जबरजस्ती सहभागी गराइएपछि आयोजकले जारिवाना तिर्नुपरेको छ । फिल्म निर्माण कम्पनीले आपत्ति जनाउदै प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यलय र प्रहरीमा उजुरी हालेपछि फिल्मीखरबरले माफि माग्दै जरिवाना तिर्नुपरेको हो । MEGHA-nepali-film-injpgफिल्मीखबरले भुलबश यस्तो भएको भन्दै माफि मागेका छन भने जरिवानास्वरुप रु ५०० तीर्न तयार भएका छन । आफुहरुबाट गल्ती भएको भन्दै लेखिएको क्षमायाचना पत्रमा लिखित जानकारी आउदा आउदै उक्त चलचित्रको केहि बिधालाई प्रतिस्पर्धाबाट बाहिर राख्न नसकिएको उल्लेख छ । पत्रमा क्षमयाचना गर्दै रु ५०० क्षतिपुर्ति ब्यहोर्न आफुहरु तयार रहेको पनि उल्लेख छ ।
यसअघि फिल्मीखबरले फिल्म ‘मेघा’लाई कस्टुम डिजाइनको बिधामा नोमिनेट गरेको थियो । तर निर्माण पक्षलाई जानकारी नै नगरी प्रतिस्पर्धामा राखेको भन्दै निर्माण कम्पनी सबस्त इन्टरटेन्टमेन्टले प्रतिस्पर्धाबाट फिल्म हटाउन लिखित अनुरोध गरेका थिए । तर त्यसको बेवास्ता गर्दै आयोजकले फिल्ममा प्रतिस्पर्धाबाट हटाएको थिएन । ओफा अवार्ड गत जेठ २ गते सम्पन्न भएको थियो ।

Namaste Filmy

Read Previous

नयाँ सविधानमा चलचित्र छुट्दैन : बाबुराम भट्टराई ।

Read Next

पशुपति शर्माको विवादस्पद गीत प्रसारण गर्न नपाइने ।