पशुपति शर्माको विवादस्पद गीत प्रसारण गर्न नपाइने ।

[dropcap]लो[/dropcap]क तथा दोहोरी गायक पशुपति शर्माको लय तथा शब्दमा बजारमा आएको गीत ‘हामी नेपाली हौ’ को सार्वजनिक प्रयोग गर्न नपाइने भएको छ । स्वयम गायक पशुपति शर्माले बिहिबार प्रेस बिज्ञप्ति जारी गर्दै सार्वजनिक प्रयोग बन्द गर्ने घोषणा गरेका हुन । विज्ञप्तिमा शर्माले गीतको बारेमा प्रस्ट्याउदै उक्त गीत सामाजिक बिकृति बिसंगति र छुवाछुत बिरुद्ध रहेको पनि उल्लेख गरेका छन । तर पछिल्ला दिनमा गीतबारे भइरहेको बहसप्रति आफ्नो गम्भिर ध्यानकर्षण भएको उनको भनाई छ । त्यस्तै गीतप्रति विभिन्न टिकाटिप्पणी भएको र जसले गर्दा सामाजिक सदभाव बिथोल्ने हो की भन्ने आशंकाले गीत रोक्नु नै उचित लागेको उनको प्रस्टोक्ति छ । pashupati sharmaशर्माले उक्त गीतप्रति केहि समुदायले आपत्ति जनाएकोले कसैको आत्मसम्मानमा ठेस नपुगोस भन्दै गीतको सार्वजनिक तथा ब्यावसायिक प्रयोग बन्द गरिएको बताए । साथै उनले गीतमा प्रयोग भएको केहि शब्द हटाउन गरिएको आग्रहलाई पनि सम्मानका साथ ग्रहण गरेको बताए ।
त्यस्तै उनले आफु बिशुद्ध कलाकार भएकोले हरेक क्षेत्रको श्रोता र दर्शकको मायामा मात्र अघि बढ्न सक्ने बताउदै श्रोताकै चाहनाअनुसार सम्पुर्ण सञ्चारमाध्यम र डिजिटल प्रविधिमा गीत बन्द गरिएको प्रस्ट्याए ।
यता शर्माको गीतमा प्रयोग गरिएको कमिनी दमिनी लगायतका शब्दहरु अपमानजनक रहेको बताउदै दलित अगुवाहरुले विरोधका अवाज उठाएका थिए । यसबारेमा समाजिक सञ्जालहरुमा समेत राम्रानराम्रा प्रतिक्रियाहरुको दोहोरी चलेको थियो । गीत बन्द गर्ने घोषणा सँगै दलित अगुवाहरुले शर्माले देखाएको यो हार्दिकताप्रति अभार ब्यक्त गरेका छन । गीत बन्द गर्ने मनशाय आफुहरुको पनि नरहेको बताउदै उनीहरुले शब्दशैली परिमार्जन गरी पुन बजारमा ल्याउन समेत शर्मालाई आग्रह गरेका छन ।

Namaste Filmy

Read Previous

फिल्मीखबर डटकम लाई पाँच सय जरिवाना ।

Read Next

बुटवलमा चलचित्र "कलमको बाटो"को शुभमुर्हत