बुटवलमा चलचित्र "कलमको बाटो"को शुभमुर्हत

युनिक मुभिजको ब्यानरमा निर्माण हुन लागेको जनचेतना मुलक “कलमको बाटो’ नामक छोटो चलचित्रको आज बुटवलको सिद्धबाबा मन्दिर परिसरमा एक कार्यक्रमका विच शुभमुर्हत गरिएको छ ।
kalamko batoचलचित्रका लेखन तथा निर्देशक प्रकाश ढकालको अध्यक्षतामा तथा राष्ट्रिय कलाकर्मीसंघका केन्द्रिय उपाध्यक्ष बाबुराम घिमिरेको आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुले चलचित्रका विाषयमा धारणा राखेका थिए । सो अवसरमा कलाकार कुलचन्द्र पुरी, सुजन न्यौपाने, सविन बराल लगायतले बोल्नु भएको थियो । सो अवसरमा प्रमुख अतिथि घिमिरेले जनचेतनामुकल चलचित्रको निमार्ण हुनु सकारात्मक भएको बताउनु भयो । उहांले मनोरञ्जनसंगै जनचेतनामुलक चलचित्र निमार्णमा लाग्न पनि आग्रह गर्नु भयो । सो अवसरमा निर्देशक ढकालले चलचित्रका विषयमा जानकारी दिदै समाजमा परिर्वतन ल्याउनकालागि यो चलचित्र निमार्ण गर्न लागेको बताउनु भयो । केहिदिनपछि पाल्पा, बुटवल लगायतका स्थानमा चलचित्रको छायांकन हुने सो अवसरमा जानकारी गराईएको छ । चलचित्रमा कलाकारहरु निर्मल शर्मा, सिता ज्ञवाली, सुनिल न्यौपाने, सविन बराल,कृष्ण बस्नेत,कुलचन्दं पुरी र राजेश गैरै लगायतले अभिनय गर्ने भएका छन् । चलचित्रको छायांकन टंक केसी,सम्पादन विकास ज्ञवाली, निमाण नियन्त्रक सुजन न्यौपाने , शव्द तथा संगीत कृष्ण भट्टराइ र श्रृगार सुरुचि लामिछानेको रहने बताईएको छ ।

Namaste Filmy

Read Previous

पशुपति शर्माको विवादस्पद गीत प्रसारण गर्न नपाइने ।

Read Next

चलचित्र ‘निशानी’ को अफिसियल गीत रिलिज (भिडियोसहित)