चलचित्र ‘निशानी’ को अफिसियल गीत रिलिज (भिडियोसहित)

प्रशान्त तामाङको मुख्य अभिनय रहेको चलचित्र ‘निशानी’ को अफिसियल गीत ‘बतासै सरर…’ रिलिज भएको छ ।बीबी अनुरागीले संगीत रहेको सो गीतमा अभिनेता तथा गायक प्रशान्त तामाङ, दीपक लिम्बु र संगीतकार अनुरागीकै स्वर रहेको छ भने शब्द विनोद सेरेङले गीत लेखेका हुन् । शिव शर्माको नृत्य निर्देशन रहेको रहेको चलचित्र ‘निशानी’ लाई बिनोद सेरेङको निर्देशन गरेका हुन् ।
nishani 8
वीर गोर्खालीको कथालाई मुख्य विषयबस्तु बनाइएको फिल्म “निशानी”सन १९९९ मा भारत र पकिस्तानको सिमाना खालुवार र कार्गिलमा भएको युद्धमा भारततर्फबाट पकिस्तानबिरुद्ध युद्ध लडदा वीरगति प्राप्त गरेका १४ गोर्खालीहरुको बास्तविक कथामा आधारित रहेको छ ।फिल्ममा सिक्किम सरकारको अनुमतिमा केहि वास्तविक हतियारहरु समेत प्रयोग गरिएको बुझीएको छ । सिक्किम, इलाम चियाबारी, लमजुङ घलेगाऊ लगायतका स्थानहरुमा छयांकन गरिएको फिल्मलाई धरानका फिल्मकर्मी प्रेम सुब्बा ले निर्माण गरेका हुन ।
गीत हेर्नुहोश :

फिल्ममा इडियन आइडल प्रशान्त तामाङ को मुख्य अभिनय रहेको छ भने प्रेम सुब्बा, जयनन्द लामा, सिरु बिष्ट, कोपिला थापा, सुरज भट्ट, अनु गुरुङ, बिष्णु चेम्जोङ लगायत सिक्किममा रहेका गोर्खाली सेनाको समेत अभिनय रहेको छ ।सिनाई कमर्सियल प्रा लिको प्रस्तुति रहेको फिल्ममा प्रेम सुब्बा सहित सरोज भण्डारी, ललिता सेरेङ लगायतको लगानी रहेको छ । फिल्ममा बिनोद सेरेङकै कथा, संवाद रहेको छ भने उभराज राई को छायांकन , जनक गुरुङको द्धन्द, गोविन्द राई र शिव शर्माको नृत्य, विपिन र सुरज, स्वं. साम्भा पटिल को मेकअप रहेको छ ।चलचित्र भदौ २७ बाट प्रदर्शनमा आउने लागेको  हो ।

Namaste Filmy

Read Previous

बुटवलमा चलचित्र "कलमको बाटो"को शुभमुर्हत

Read Next

चलचित्र ‘सम्बोधन’को गीत सार्वजनिक (भिडियोसहित)