पानीले रोकेन दर्शकलाई …शिव र मल्लिकाले झुम्माए दर्शकलाई

राजु चौधरी ,चितवन,फाल्गुन ३
भारी वर्षाको बाबजुत पनि विहीबारदेखी भरतपुरमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७० को आज तेस्रो दिन दर्शकहरुको उपस्थितिमा व्यापक रह्यो । चर्चित राष्ट्रिय कलाकार गायक शिव परियार र गायिका मल्लिका कार्कीको बेजोड सांगितिक प्रस्तुतीले दर्शकहरु झुम्मिएका थिए । गायक शिव परियारले ‘क्या दामि भो, मलाई जालैमा पा¥यो फेसबुकले’लगायतका आधा दर्जन गीत गाए । उनले गीत गाउ“दा दर्शकहरुभीड थाम्नै नसक्ने अवस्थामा पुगेको थियो । त्यस्तै गायिका मलिका कार्कीले ‘यति धेरै मान्छेहरुको भीडमा’लगायत आधा दर्जनजति गीत प्रस्तुती गरेकी थिईन् ।
unnamaedयस्तै आजै स्थानिय कलाकारको पनि बेजोड प्रस्तुती रहेको थियो । रत्ननगर कलामन्दिरका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । प्रदर्शनीको चौथो दिन भोली आईतबार पनि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । भोली पुरुषोत्तम शर्मा, सौजन्य सुुब्बा र सुप्रिया गुरुङको सांगितिक प्रस्तुती रहने कला तथा सा“स्कृतिक व्यवस्थापन समितिका संयोजक युवराज श्रेष्ठले जानकारी दिनुभयो । भोली पनि दर्शकको संख्या धेरै बढ्ने आयोजकले विश्वास लिएको छ । चितवन उद्योग संघको आयोजनामा सुरु भएको प्रदर्शनी फागुन ८ गते सम्म चल्ने छ ।
unnameeedयस्तै प्रदर्शनी अन्तरगतको डान्सिङ स्टार छनौटमा आज पनि नृत्य प्रस्तुती भएको छ । हिजो र आज गरि २५ जनाले नै आफ्नो प्रस्तुती देखाइ सकेका छन् । निर्णायक र भोटिङको आधारमा डान्सिङ स्टार छानिने छन् । आज सम्ममा अत्याधिक मात्रामा भोटिङ खसेको कला तथा सा“स्कृतिक व्यवस्थापन समितिका संयोजक युवराज श्रेष्ठले जानकारी दिनुभयो ।
फाईनल प्रतिस्पर्धामा एलिना तिवारी, अन्जना थापा, अप्सरा पौडेल, विपिन पोखरेल, मञ्जु सुवेदी, पुजा रसौली, प्रतिक्षा पौडेल, रेनु घले, रेसा आले, सागर कुव“र, संगीता लामा, संगीता थापामगर, सपना लामा, सरिना पौडेल, सुनिल वि.क., शिल्पा गुरुङ, सम्मा श्रेष्ठ, सूचना अर्याल, सविना थापा, रेविना गिरी, निशा कंडेल, सरिता कालिकोटी, नेहाल जोशी र आशा थनेतले सहभागी जनाएका छन् । उनीहरुबाट नै भोटिङ र निर्णायकको आधारमा डान्सिङ स्टार छनौट हुने निर्णायक संयोजक युवराज पौडेलले जानकारी दिनुभयो ।
unnameeedडान्सिङ स्टारमा माध्यमिक विद्यालय, उच्च माध्यमिक विद्यालय, कलेजहरुका विद्यार्थीले सहभागिता जनाएका हुन् । डान्सिङ स्टारमा एकल नृत्य मात्र प्रस्तुती हुनेछ । डान्सिङ स्टार हुनेले नगद २५ हजार १ सय ५१ रुपैया“, द्वितिय हुनेले नगद १५ हजार १ सय ५१, तृतीय हुनेले नगद ७ हजार १ सय ५१ र सान्त्वना हुनेले नगद ४ हजार १ सय ५१ रुपैया“ पुरस्कार पाउने संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
cc

Namaste Filmy

Read Previous

कंधार हाइजैकमा आधारीत हिन्दी फिल्म निर्माण हुने ।

Read Next

शिव र मल्लिका बेजोड सांगितिक प्रस्तुती हेर्न पानीले रोकेन सकेन दर्शकलाई ( फोटो कथामा )