"ताण्डव" मार्फत नेपाली रजतपटमा विशारद

birasad
१६ वर्षदेखि मुम्बइको रंगमञ्चमा रमाई रहेका हेटौंडेली विशारद बस्नेतलाई कमै नेपाली दर्शकले चिनेका होलान । आफ्नै देशमा तेती चर्चामा नरहे पनि उनले भारतको मुम्बइको रंगमञ्चमा आफ्नो अभिनयको जादु देखाई सकेका मात्रै छैन कि उनको अभिनयलाई तेह सबैले राम्रै तारिफ गर्ने गरेका छन्  ।यिनै राम्रो अभिनय गर्न सक्ने कलाकार विशारद  बस्नेतलाई नेपाली चलचित्र “ताण्डव” मार्फत सम्पूर्ण नेपालीले उनको अभिनय हेर्न पाउने भएका छन् ।मोहन डोटेलले निर्माण गर्नु भएको चलचित्र “ताण्डव” मार्फत नेपाली रजतपटमा आउन लागेका विशारद बस्नेतले भारतमा विभिन्न गुरुहरु संग अभिनय सिक्नु भएको छ भने संगीत नाटक एकेडमी अवार्ड विजेता पण्डित सत्यदेव दुबे , वीनापानी चावला ,पद्मश्री निरन्जन गोस्वामी (माएम ), अश्वाथ भट र क्लाउदिओ चल्विजा संग क्रवान थेटरमा पनि ट्रेनिंग लिएका छन् ।
tandab१६ बर्षको उमेरबाट नै नाट्य बिधामा हात हालेका विशारद बस्नेत ईफ्टा का प्रोडक्ट हुन् । बेलायती नागरिक मुर्रे केरको निर्देशक रहेको चलचित्र ‘ताण्डव’मा विशारद बस्नेत अहम भूमिका मा देखा परेका छन् । भदौ ६ मा प्रदर्शनमा आउन लागेको चलचित्र मार्फत ‘ताण्डव’ विशारदको मुम्बइ कलाकारिता नेपाली बीचमा पुग्नेछ । चलचित्र ‘ताण्डव’र्यापर आशिष राना ‘लाउरे’ र नम्रता श्रेष्ठ, अनुप बरालको मुख्य भूमिका रहेको छ ।

Namaste Filmy

Read Previous

चलचित्र ‘सम्बोधन’को गीत सार्वजनिक (भिडियोसहित)

Read Next

सलमान खानको 'किक'लाई पहिलो दिनमै ३० करोड ।