सलमान खानको 'किक'लाई पहिलो दिनमै ३० करोड ।

[dropcap][/dropcap]लमान खान अभिनित फिल्महरुले प्रायजसो बम्पर ओपनिङ गर्दै आइरहेका छन । यसबीचमा शुक्रबार रिलिज सलमान अभिनित ‘किक’ पनि अपवाद रहेन । ‘किक’ले रिलिजको पहिलो दिन अर्थात शुक्रबार उत्कृष्ट ओपनिङ गरेका छन । फिल्मले शुक्रबार बक्सअफिसमा ३० करोडभन्दा उच्च कलेक्सन गर्यो । जुन यस बर्षकै सबैभन्दा उच्च कलेक्सन हो ।Salman-Kick-in भारतका विभिन्न ४१०० पर्दामा रीलिज भएको फिल्म हेर्नका लागी प्राय सिंगल तथा मल्टीप्लेक्स सबै हलहरुमा दर्शकहरु हाउसफुल रहेको भारतीय मिडियाको रिपोर्ट छ । फिल्म हेर्नका लागी समग्रमा ९५ प्रतिशत दर्शकको घुँइचो थियो ।
यता नेपालमा पनि किकले उत्कृष्ट ओपनिङ गरेको छ । नेपाली फिल्म रिलिज हुदा सुनसान नै हुने हलमा पनि किक हेर्नको लागी खचाखच दर्शक देखिएका थिए । यसरी नेपाली बजारबाट पनि किकले करोडभन्दा बढी ब्यापार गर्ने सम्भावना देखिएको छ ।
यसअघि सलमान खानकै फिल्म एक था टाइगरले रिलिजको पहिलो दिनमै ३२ करोड बढी ब्यापार गरेका थिए । त्यसो त बक्स अफिसमा सबैभन्दा उच्च कलेक्सन आमिर खानको धुम ३ को नाममा छ । धुम ३ ले पहिलो दिनमै ३६ करोडको हाइ कलेक्सन गरेको थियो ।

Namaste Filmy

Read Previous

"ताण्डव" मार्फत नेपाली रजतपटमा विशारद

Read Next

“तथास्तु’को छायांकन सकियो (फोटो सहित )