“तथास्तु’को छायांकन सकियो (फोटो सहित )

सविर श्रेष्ठको निर्देशन रहेको चलचित्र “तथास्तु’को छायांकन सकिएको छ । व्यावसायिक रुपमा सफल चलचित्र निर्देशक चिनिएका निर्देशक सविर श्रेष्ठले चलचित्र “तथास्तु’लाई  आफ्नै लगानीमा निर्माण गरेका हुन् ।
tathastu2करिब ३५ दिनको सुटिंग गर्ने योजना साथ छायांकन गरिएको चलचित्र “तथास्तु’को ३१ दिनमा छायांकन सकिएको छ ।बिहिबार मुडेमा नृत्य निर्देशक रामजी लामिछानेले चलचित्रको गीतको सुटिंग सकाए लगतै चलचित्रको सम्पूर्ण छायांकन सकिएको छ ।चलचित्र “तथास्तु’मा रेखा थापा,किशोर खतिवडा, सुवास थापा,विज्ञान जोशी लगायत कलाकारको मुख्य अभिनय रहेको छ ।
tathastu4चलचित्र “तथास्तु’मा रोशन श्रेष्ठको द्धन्द्ध ,रामजी लामिछाने,कमल राई र कविराज गहतराजको नृत्य,बसन्त सापकोटाको संगीत रहने चलचित्र “तथास्तु’मा छायांकन बाबु श्रेष्ठ र स्क्रिप्ट जगदिश्वेर थापाको रहेको छ । चलचित्रलाई काठमाण्डौ र मुडेमा छायांकन गरिएको हो ।चलचित्र “तथास्तु’लाई माघे संघ्रान्तीमा रिलिजको लक्ष्य राखिएको छ ।
थप तस्बिरहरु :
tathastu1
tathastu3tathastu

Namaste Filmy

Read Previous

सलमान खानको 'किक'लाई पहिलो दिनमै ३० करोड ।

Read Next

सबैले हेर्न पाइने 'स्टुपिड मन' ।