सबैले हेर्न पाइने 'स्टुपिड मन' ।

[dropcap][/dropcap]छिल्लो समय गीत सँगीतकै कारण चर्चामा रहेको फिल्म ‘स्टुपिड मन’ लाई सबै प्रकारका दर्शकहरुले हेर्न पाउने भएका छन । भदौ २० गतेबाट रिलिजको तयारीमा रहेको फिल्मलाई शुक्रबार सेन्सर बोर्डले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको हो । बोर्डले फिल्मको एउटा शब्दमा म्युट गर्नबाहेक अन्य कुनै दृश्य तथा डाइलगमा आपत्ति जनाएन । Stupid mann-inदिवाकर भट्टराई निर्देशित फिल्म ‘स्टुपिड मन’लाइ अभिनेता निरज बराल र विवेक शाहीले निर्माण गरेका हुन । फिल्ममा स्वयम निरजसँगै जीवन लुइटेल, चाँदनी शर्मा, रिजु श्रेष्ठ, मार्टिन खान लगायतको अभिनय रहेको छ । फिल्ममा सम्पुणै छयांकन थाइल्यान्डका विभिन्न स्थानहरुमा गरिएको हो । पछिल्लो समय फिल्मको गीसँगीत चर्चामा छ । अर्जनु पोखरेलको सँगीत रहेको फिल्मका गीतहरु पछिल्लो समय सार्वधिक रुचाइएका छन ।
त्यस्तै फिल्म ‘सेफ ल्यान्डिङ’लाई भने सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । फिल्मलाई हेर्न १६ बर्षभन्दा मुनिका बालबालिकाले अभिभावकको साथ चहिने भएको छ । सन्दीप जोसेफले निर्देशन गरेको फिल्म ुसेफ ल्याण्डिङुले लागुपदार्थको कथालाई उठाएको छ । बसन्त भन्डारीले निर्माण गरेको यो फिल्ममा निरज बराल, झरना बज्राचार्य, सुशिलराज पाण्डे, रवि गिरी, विजय देउजा, शिखा शाही लगायतको अभिनय छ ।

स्टुपिड मनको सर्टिफिकेट :

Stupid man-in

Namaste Filmy

Read Previous

“तथास्तु’को छायांकन सकियो (फोटो सहित )

Read Next

बलिउड फिल्म 'कहानी'लाई हलिउडमा रिमेक गरिदै ।