बलिउड फिल्म 'कहानी'लाई हलिउडमा रिमेक गरिदै ।

[dropcap][/dropcap]लिउडलाई सधै हलिउबाट कपि गरेको आरोप लाग्दै आएको छ । तर अब भने यो आरोप बलिउडलाई हैन हलिउडलाई लाग्नेछ । किनकी बलिउड फिल्म ‘कहानी’को हलिउडमा रिमेक गरिने भएको छ । दुई बर्ष पहिले बलिउडमा निर्माण भएको फिल्म ‘कहानी’को हलिउड नाम ‘डिटी’ अर्थात ‘देवी’ रहनेछ । फिल्ममा ‘द गर्ल विथ ड्रैगन टैटु’ कि स्टार नील्स आर्डेन ओप्लेव शिर्ष भुमिका मा रहनेछिन । जसले गर्भवती अवस्थामा हराएको आफ्नो श्रीमानको खोजी गर्नेछ । Vidya-Balan-inयसअघि उक्त फिल्म कहानीमा गर्भवती अवस्थामा हराएको श्रीमान खोज्न काम बिद्या बालनले गरेकी थिइन । उनको उक्त अभिनयको चौतर्फि प्रशंसा भएको थियो । फिल्मको हलिउड रिमेकको लागी हाल जोस रिवेरा र रिचर्ड रिगेन स्कृप्टमा नयाँ तरिकाले तयारी गरिहेका छन ।
आफ्नो फिल्म हलिउडमा रिमेक हुने भएपछि कहानी निर्देशक सुजोय घोष निकै खुशी छन । स्मरण रहोस कुनै पनि हिन्दी फिल्म हलिउडमा रिमेक गरिन लागेको यो पहिलोपटक हो । फिल्म निर्माणपछि कलकत्तामा पनि प्रदर्शन गरिने बताइएको छ ।

Namaste Filmy

Read Previous

सबैले हेर्न पाइने 'स्टुपिड मन' ।

Read Next

सलमानले आफ्नै बडिगार्डलाई थप्पड हाने ।