सलमानले आफ्नै बडिगार्डलाई थप्पड हाने ।

salman khan-inm[dropcap][/dropcap]लिउड स्टार सलमान पुन एकपटक विवादका कारण चर्चामा आएका छन । समाचारअनुसार हालै उनले आफ्नो बडिगार्डलाई थप्पड हानेका छन । यो घटना फिल्म किक को प्रमोशनल कार्यक्रममा घटेको हो । जनाइएअनुसार कार्यक्रममा हजारौ फ्यान सलमानलाई देख्न र छुनको लागी तछाडमछाड गरिरहेका थिए । उनीहरु अटोग्राफ लिनको लागी सलमानको नजिक जान खोजिरहेका थिए । यसैबीचमा एक फ्यान सलमानको नजिकै पुगे र क्लोज फोटो खिचाउनको लागी उनको काँधमा हात राखे । यो देखेपछि बडिगार्डले उक्त ब्यक्तिलाई जबरजस्ती हटाउन खोज्दा झुक्किएर चोट लाग्न पुग्यो ।
फ्यानलाई चोट लागेको देखेपछि सलमान झंगिए र बडिगार्डलाई थप्पड हाने । यतिमात्र नभई सलमानले त्यहाँ उपस्थित आफ्ना फ्यानहरुलाई यस्तो कठोर ब्यवहार गर्ने सबैलाई चेतावनीसमेत दिए ।
सलमान हाल सर्बत्र चर्चित छन । उनी अभिनीत फिल्म किक उच्च ब्यापारका साथ प्रदर्शन भइरहेको छ ।

Namaste Filmy

Read Previous

बलिउड फिल्म 'कहानी'लाई हलिउडमा रिमेक गरिदै ।

Read Next

सौगात र प्रियंकाको 'षडङ्ग' कस्तो होला ?