सौगात र प्रियंकाको 'षडङ्ग' कस्तो होला ?

[dropcap][/dropcap]छिल्लो समय निकै विवादमा मुछिएकी नायिका प्रियंका कार्की र अभिनेता सौगात मल्ल फिल्म ‘षडङग’मा एकसाथ देखिने भएका छन । नयाँ निर्देशक सुरज सुनुवारको निर्माण तथा निर्देशन रहने फिल्म ‘षडङग’ राजनितिक दाउपेचको कथा हो ।  राजनीतिमा  ‘षडङ्ग’ को अर्थ आक्रमण, सन्धी, तटस्थता, विग्रह, शरण र ढुकाइ हो ।  Saugat and priyankaनिर्माता तथा निर्देशक सुनुवारका अनुसार  ‘षडङ्ग’ ग्याङस्टार फिल्म हो जहाँ सौगात र प्रियंकाको अलवा अनुप बरालको पनि मुख्य भुमिका रहनेछ ।
लुमिनियस पिक्चर्सको प्रस्तुती रहने फिल्मको सबै छयांकन काठमण्डौमै हुनेछ । तर एक गीत भने काठमण्डौबाहिर खिचिनेछ । २५ दिने सुटिङ सेड्युल रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिच्नेछन । फिल्ममा सनिस सुनुवार र सुरेन्द्र कार्कीको संगीत रहनेछन भने अन्य प्रविधिक फाइनल हुन बाँकी छ ।  फिल्मको आउँदो आईबारदेखि वर्कसप चल्नेछ । तीन साताको वर्कसपपछि भदौ १ गतेबाट ‘षडङ्ग’ को सुटिङ सुरु हुनेछ ।

Namaste Filmy

Read Previous

सलमानले आफ्नै बडिगार्डलाई थप्पड हाने ।

Read Next

जानकीलाई पनि लाग्यो तीज। भन्छिन 'बिहेपछि थर फेर्दिन'।