जानकीलाई पनि लाग्यो तीज। भन्छिन 'बिहेपछि थर फेर्दिन'।

केटि :हेर्दा-हेर्दै यसपालिको तीज पनि आएछ
हाम्रो माया बसेको नी चार वर्ष लाएछ
चंचल भो मन जब तनमा बैश चढ्दै गयो
भन्छन घरमा अब ज्वाई खोज्ने बेला भयो
बिहे गरेर डोली चढेर तयार छु अब जान तिम्रै घर
एउटै छ बिन्ति ए मेरो राजा थर फेर सानु भनि कर नगर
केटा : किन खालि जिद्दी गर्छेउ सबै जानी-जानी
चली आको परम्परा तोड्न हुन्न सानी
आउछेउ जब बेहुली बनि छोडी माइती घर
जोड्नै पर्छ नामको पछि पतिदेवको थर
मैले भनेको मान्दिनौ केहि नी जहिले नी आफ्नै जिद्दी गर्ने बानी
तिम्रो नाम पछि थर मेरो जोड बबाल दामी सुनिन्छ ए सानी

माहोल तीजको छ । जताततै तीजको रन्को चढिसकेको छ । यसैबीचमा शनिबार मातातिर्थ र सतुंगलमा माथी उल्लेखित जोसिला शब्दमा कम्मर मर्काउदै गरेको एक टोली भेटिए । प्रसंग हो म्युजिक भिडियो छयांकनको । Janaki-teej-song1जानकी पन्थको शब्द तथा सँगीतमा तयार भएको तीजको नयाँ गीतको म्युजिक भिडियो शनिबार मातातिर्थ र सतुगंलको रमणिय स्थानमा छयांकन गरिएको छ । करिब १०० जना उपस्थित रमितेहरुको बीचमा मोडल निर्मल विष्ट र अन्य रातो सारीमा सजिएकीहरु छमछमी नाचिरहेका थिए । ती नाच्नेहरुलाई सिकाउने काम भने स्वयम गायिका जानकी पन्थले गरिरहेकी थिइन ।Janaki-teej-songविगतका बर्षहरुमा पनि तीजको गीत बजारमा ल्याइसकेकी जानकीले तीजको कोसेलीको रुपमा नयाँ एल्बम बबाल दामी बजारमा ल्याएकी हुन । बबाल दामीमा जानकी सँगै उनकै दाजु संगम पन्थको स्वर रहेको छ । एल्बम बबाल दामीको म्युजिक भिडियो छयांकन शनिबार सकिएको र अब केहि दिनमै दर्शकमाझ आउने पनि पन्थले बताइन । म्युजिक भिडियो निर्देशन स्वयम जानकीले गरेकी हुन । त्यस्तै भिडियोकोको छयांकन तथा सम्पादन स्वयम गायक संगम पन्थले गरेका हुन ।
तीजमा मनोरञ्जनको लागी गीत निकालेको भएपनि गीतले सकारात्मक सन्देश दिन जानकीको भनाई छ । एक अर्कालाई आफ्नो लागी परिवर्तन गर्न खोजिनुहुदैन जो जस्तो छ त्यही रुपमा स्वीकार्न सक्यो भने मात्र जिवन सुन्दर बन्छ भन्ने मुख्य सन्देश गीतमा छ । गीतलाई दर्शक तथा स्रोताहरुले रुचाउनेमा जानकी बिश्वस्त छिन ।Janaki-teej-song2

Namaste Filmy

Read Previous

सौगात र प्रियंकाको 'षडङ्ग' कस्तो होला ?

Read Next

सञ्चारमन्त्रीले हेरे 'सम्बोधन' ट्रेलर ।