सञ्चारमन्त्रीले हेरे 'सम्बोधन' ट्रेलर ।

[dropcap][/dropcap]उदो भदौ ६ गते रिलिजको तयारीमा रहेको फिल्म ‘सम्बोधन’को हल ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीको कुमारी हलमा एक समारोहका बीच फिल्मको ट्रेलरसँगै एक गीत समेत सार्वजनिक गरियो । सार्वजनिक ट्रेलर र गीतलाई उपस्थित सबैले प्रशंसा गरे । Sambodhan-Trailor2सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा केहि फिल्मकर्मी र पत्रकारहरुको उपस्थिति थियो । कार्यक्रममा बोल्दै मन्त्री रिजालले देश विकासका लागी सरकारले मात्र केहि गर्न नसक्ने र युवापुस्तालाई मन्त्री र नेताको चाकडीमा नलाग्न समेत आग्रह गर्नभयो । युवापुस्ताले कुनै न कुनै रुपमा आफुलाई काममा लगाउनुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा फिल्मकी नायिका नम्रता श्रेष्ठले आफु क्राइम रिपोर्टरको भुमिकामा देखिन लागेको र फिल्म राम्रो बनेको जानकारी गराइन । कार्यक्रममा फिल्मका कलाकारहरु दयाहाङ राई, विनय भट्ट, सुलेमान शंकर लगायतको उपस्थिति थियो । Sambodhan-Trailor1यसअघि सुपरहिट फिल्म ‘होस्टेल’ निर्देशन गरेका निर्देशन हेमराज बिसीको निर्देशनमा तयार भएको फिल्म ‘सम्बोधन’लाई सरोज न्यौपानेले निर्माण गरेका हुन । फिल्ममा दयाहाङ राई सिबीआई अफिसर्सको भुमिकामा छन भने नम्रता क्राइम रिपोर्टरको भुमिकामा छिन । दया र नम्रताबाहेक त्रिचन्द्र कलेजका स्ववियु सभापतिसमेत रहेका विनय भट्ट, प्रशान्त ताम्रकार, सुलेमान शंकर लगायतको अभिनय रहेको छ । Sambodhan-Trailor

Namaste Filmy

Read Previous

जानकीलाई पनि लाग्यो तीज। भन्छिन 'बिहेपछि थर फेर्दिन'।

Read Next

सन्नी लियोनपछि 'बिग बोस'मा अर्की पोर्नस्टार ?