सन्नी लियोनपछि 'बिग बोस'मा अर्की पोर्नस्टार ?

[dropcap]ती[/dropcap]नबर्ष अघि सम्पन्न बिग बोस सिजन ५ मा पोर्नस्टार सन्नी लियोनले भाग लिएकी थिइन । उनी त्यही शो मार्फत नै बलिउडमा प्रवेश गरिन र हाल बलिउडकै हट र सेक्सी छवि भएकी नायिकाको रुपमा परिचित छिन । अब सन्नी लियोनको त्यही बाटो पछ्याउदै अर्की चर्चित पोर्नस्टार शान्ति डाइनमाइट पनि बलिउड इन्ट्रि मार्ने तयारीमा छिन । Shanti dynamite-inप्राप्त जानकारीअनुसार शान्ति बिगबोस सिजन ८ को प्रतियोगिको रुपमा भारतीय टेलिभिजनमा देखा पर्दैछिन । हुन त उनी यसअघि नै हिन्दी फिल्ममा काम गर्ने हल्ला सुनिएको हो । तर बलिउड प्रवेश गर्नुभन्दा पहिले उनी ‘बिगबोस’बाट दर्शकमाझ चिनिन चाहन्छिन । जुन सन्नी लियोनले यसअघि हिडिसकेको बाटो हो । सन्नी लियोन बिग बोस मा देखिएपछि महेश भट्टले उनलाई फिल्मको लागी अफर गरेका थिए । र उनी फिल्म ‘जिस्म २’ बाट बलिउडमा देखिएकी थिइन ।
बिगबोस ८ विगतको भन्दो पृथक रहने उत्पादकहरुको दाबी छ । यसपटक बिगबोसमा पोर्नस्टार डाइनामाइटसँगै जैकी श्राफ, आलोक नाथ, सुनिल ग्रोबर, हनि सिंह, लगायतको सेलेब्रेटीहरु प्रतियोगीको रुपमा रहने बुझिएको छ । बिगबोसको होस्ट महंगो पारिश्रमिक लिएर सलमान खानले गर्दैछ ।

Namaste Filmy

Read Previous

सञ्चारमन्त्रीले हेरे 'सम्बोधन' ट्रेलर ।

Read Next

फ्यानले खुलेआम किस गरेपछि रेखालाई आपत् ।