फ्यानले खुलेआम किस गरेपछि रेखालाई आपत् ।

र्चित अभिनेत्री रेखा थापालाई शनिबार आपत आइलाग्यो । नेपालगञ्जमा एक साँस्कृतिक कार्यक्रममा सहभागी हुन नेपालगञ्ज पुगेकी थापालाई एक फ्यानले किस गरेपछि उनी तनावमा परेकी हुन । नेपालगञ्जको एक स्थानिय हलमा सञ्चालन भइरहेको कार्यक्रममा रेखा वानपिसमा देखिएकी थिइन ।rekha-thapa-dance स्टेज चढेकी रेखासँग हात मिलाउने भन्दै अघि बढेको एक फ्यानले रेखालाई गालामा किस गरिदिए । त्यसपछि नायिका थापामा तनाव बढेको देखिएको थियो । उक्त फ्यान मदिराले मातिएको अवस्थामा रहेको बताइन्छ । उनले निकै अगाडिदेखि नै नायिका थापालाई बोलाइरहेका थिए । छाती देखाउदै हिरो शैलीको क्रियाकलाप गरिरहेका २८ बर्षीय ती ब्यक्तिका लागी दुई प्रहरी समेत खाटिएको प्रत्यक्षदर्शीको भनाई छ ।
अचानक किस खाएपछि रेखा लामो समय स्टेजमा बसिनन । उनी फिल्म हिम्मतवालीको बारेमा छोटो बोलेर छोटो नृत्य गर्दै बाहिरीएकी थिइन । स्टेजबाट ओर्लिएपछि किस गर्ने युवकलाई नायिका थापाले सम्झाएको बताइन्छ ।

Namaste Filmy

Read Previous

सन्नी लियोनपछि 'बिग बोस'मा अर्की पोर्नस्टार ?

Read Next

२०/२१ बर्ष भयो दयाहाङले जागिर खान थालेको। भिडियो।