२०/२१ बर्ष भयो दयाहाङले जागिर खान थालेको। भिडियो।

[dropcap][/dropcap]भिनेता दयाहाङ राई एक सिबीआई अफिसर हुन । उनले यो डिपार्टमेन्टमा जागिर खान थालेको २० २१ बर्ष भइसकेको छ । त्यसैले उनी आँखा हेरेर पत्ता लगाउन सक्छन को अपराधी हो भनेर ।Sambodhan-nepali-movieयो सबै प्रसँग हो फिल्म ‘सम्बोधन’को । आइतबार राजधानीमा एक समारोहका बीच ट्रेलर रिलिज गरिएको फिल्मको ट्रेलरमा यस्तै कहानी छ । ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, नम्रता श्रेष्ठ, विनय भट्ट, सुलेमान शंकर लगायत फिचरीङ छन । दयाहाङ र बिनय दुवै अफिसर हुन । नम्रता भने क्राइम रिपोर्टरको भुमिकामा छिन ।
आइतबार सञ्चारमन्त्री मिनेन्द्र रिजालको उपस्थितिका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर हेरेपछि सबैले राम्रो रहेको प्रतिक्रिया दिएको थियो ।
रेड रोज इन्टरटेन्टमेन्टको प्रस्तुतिमा बनेको फिल्ममा यसअघि होस्टेल निर्देशन गरेका निर्देशक हेमराज बिसीले निर्देशन गरेका हुन । फिल्मका निर्माता भने सरोज न्यौपाने हुन । फिल्ममा दयाहाङ, नम्रता, बिनय र सुलेमानका अतिरिक्त प्रशान्त ताम्रकारको पनि मुख्य अभिनय छ । फिल्ममा रामेश्वर कार्कीको छयांकन, सुरेन्द्र पौडेलको सम्पादन तथा जयन जे को सँगीत रहेको छ । फिल्म आउदो भदौ ६ गतेबाट अलनेपाल रिलिज हुदैछ ।

Namaste Filmy

Read Previous

फ्यानले खुलेआम किस गरेपछि रेखालाई आपत् ।

Read Next

गोप्य सेक्स टेप लिक भएपछि तनावमा लारेन ।