'कोहिनुर' प्रेस मिटमै रोए निर्देशक । श्रीकृष्ण र स्वेता अझै बेपत्ता ।

[dropcap][/dropcap]उदो साउन २३ गते रिलिजको तयारीमा रहेको फिल्म ‘कोहिनुर’ टीमले आइतबार राजधानीमा एक पत्रकार भेटघाटको आयोजना गर्यो । पत्रकार भेटघाटमा प्राय फिल्मको सबै सदस्यहरु देखिए तर देखिएनन फिल्मको निर्माता तथा मुख्य कलाकारद्धय श्रीकृष्ण श्रेष्ठ र स्वेता खडका । हनिमुन  मनाउन भन्दै करिब दुइ साताअघि भारततर्फ हान्निएका श्री र स्वेता अहिलेसम्म फर्किएको छैन । उनीहरुको अभाव फिल्म कोहिनुरका निर्देशक आकाश अधिकारीलाई पुर्ण रुपमा खडिकएको देखियो । प्रेस मिटमा निर्देशक आकाश अधिकारीले श्रीलाई मिस गर्दै आशु झारेपछि यो प्रस्ट भएको हो ।   Kohinoor-nepalifilm2-in‘यदि  आज श्रीजी हामीसंग हुनु हुन्न उहाँ  हुनु भएको भए उहाँ कि मेरो दाया कि बाया देख्नुहुन्थ्यो तपाईहरुले’ – अन्तिम बक्ताका रुपमा  बोल्दै गर्दा निर्देशक   अधिकारी भाब ब्यहोल हुँदै भक्कानिएका थिए । आकाश यसरी भक्कानिएपछि श्री र स्वेता अझै नफर्किनुमा कुनै गम्भिर कारण हुन सक्ने उपस्थित सबैले अडकल काटे । यो जोडीले बेलाबेलामा सन्देश दिदै श्री लाई सामन्य खोकी लागेको बताइए पनि श्री को स्वास्थ्यमा ठुलै समस्या आएको अनुमान सबैले लगाए । आकाश यसरी सार्वजनिक रुपमै भक्कानिएपछि उनलाई श्री र स्वेताको बारेमा भित्री रहस्य समेत थाहा भएको हुन सक्ने सबैले अनुमान गरे । Kohinoor-nepalifilm2-inमहिनौ देखि सुख्खा खोकीका कारण विरामी भएपछि हनिमुन बहानामा श्रीकृष्ण श्रेष्ठ गत असार २७ गत श्रीमती  उर्फ नायिका स्वेता खडकाका साथ भारत गाएका थिए ।  उनीहरु हनिमुन बहानामा सिम्ला जाने भनिएपनि अस्पताल भर्ना भएको खबर मिडियामा आएको थियो । यद्यपी कुन अस्पतालमा श्रीको उपचार भईरहेको छ त्यो स्वयम परिवालाई थाहाँ नभएको स्थिती छ । उनीहरु दिल्ली छन् कि या थाइल्यान्डको बैङकक त्यो समेत अन्योलको स्थिती छ ।
श्रीका भतिज सञ्जयका अनुसार केहि दिन देखि स्वेताको फोन समेत रिसिभ नभईरहेको अवस्था छ त्यसैले परिवारका सदस्यमाँझ पनि श्रीको अवस्थालाई लिएर अन्यौल तीब्र  छ । ‘अब काकाको अवस्था बुझ्न सायद हामी आफैँ निस्कन्छौ  होला’ – उनको भनाई छ ।
विरामी भएका कारण मेघा बजेटको श्रीको फिल्म कोहिनूरको रिलिज डेट सर्ने हरु पनि बाहिरिरहेका छन् ।  तर  श्रीका भिनाजु चन्द श्रेष्ठले यो खबरलाई  गलत भनेका छन् । उनले भनेका छन् -‘विरामी भएको खबरले रिलिज डेट सर्छ कि  भन्ने खबर पूर्ण गलत हो । कोहिनूर श्रावण २३ देखि देशब्यापी रिलिज हुँदैछ ।’
Kohinoor-nepalifilm1-in

Namaste Filmy

Read Previous

गोप्य सेक्स टेप लिक भएपछि तनावमा लारेन ।

Read Next

अभिनेत्री प्रियंका कार्कीसँगको बिबाद अन्तत आएर समाधान भएको छ ।