अभिनेत्री प्रियंका कार्कीसँगको बिबाद अन्तत आएर समाधान भएको छ ।

priyanaka-karki
अभिनेत्री कार्कीको फोटो प्रकरणलाई लिएर उनले फेसबुक स्टाटस मार्फत प्रेस बिरुद्ध अभिव्यक्ति दिएपछि उनि बिरुद्ध चलचित्र पत्रकार संघका सदस्य जीवन कुमार पराजुलीले अभिनेत्री कार्कीको अभिव्यक्तिलाई लिएर संघमा उजुरी हालेका थिए । प्रेसको मर्यादा भुल्न नहुने भन्ने बिषयमा अभिनेत्री प्रियंका कार्कीसँग चलचित्र पत्रकार संघले वहस थालेको थियो ।
chalchitra patrakar sangh
अन्तत अभिनेत्री प्रियंका कार्कीले तत्कालिन अवस्थामा आवेगमा आफुले सो स्टाटस राखेको र प्रेसको सम्मान गर्दै स्टाटस हटाएर अभिव्यक्ति फिर्ता लिएका कारण जनाएकोले अभिने त्री कार्कीसँगको बिबाद टुब्गिएको हो । अभिनेत्री कार्कीले चलचित्र पत्रकार संघलाई लेखेको पत्रमा भनेकी छिन – ”सञ्चारकर्मी तथा पत्रकार साथीहरुसँग मेरो सम्बन्ध सधै राम्रो रहिआएको र आउदो दिनहरुमा पनि यो सम्बन्ध कायमै राख्नको लागि, मैले लेखे को स्टाटसमा व्यक्तिगत रुपमा कसैको नाम नलिएको अवस्थामा पनि कसैले चित्त दुखाउला वा कसैले व्यक्तिगत रुपमा लिनुहोला भन्ने सोच राखेर नै उक्त स्टाटस सम्मान पुर्वक आफ्नो शब्दहरु फिर्ता लिदै हटाए । जुन स्टाटसले गर्दा यो कुरा यहाँसम्म आइपुगेको छ, उक्त स्टाटस नै हटाएको अवस्थामा यो सम्पूर्ण मामला यहि नै टुब्गिने मैले बुझेको छु । कलाकार र पत्रकारको सहकार्य र मेलमिलापले नै चलचित्र उधोग बिकासको पथमा लम्किने भएकोले, हाम्रो सहकार्य सधै रहिरहोस भन्ने कामना सहित यो निवेदन पेश गरेकी छु । – प्रियंका कार्की ।
chalchitra patrakar sangh1माथि उल्लेखित अभिव्यक्ति आफ्नो स्टाटस सच्याउदै अभिनेत्री प्रियंका कार्कीले शब्द फिर्ता लिएकोले यो विवाद टुबगाइएको छ । सम्पूर्ण उधोगको बिकाशमा कलाकार वा चलचित्रकर्मी र चलचित्र पत्रकारहरुको हातेमालो जरुरि छ । आगामी दिनमा पनि कुनै चलचित्रकर्मीवाट प्रेस जगतको मर्यादा उल्लब्घन नहोस र पत्रकारहरुवाट पनि प्रेसको मर्यादा कार्यान्वयन गर्दै कार्यरत रहन अनुरोध गरिन्छ । सके सम्म कलाकार होस् वा पत्रकारवाट बिबाद आउने काम नै नगर्न र कथंकदाचित आइहाले मा चलचित्र पत्रकार संघ सहजीकरण भूमिका निभाउन तत्पर रहेको समेत यसै प्रेस बिज्ञप्ती मार्फत जानकारी गराईन्छ ।

Namaste Filmy

Read Previous

'कोहिनुर' प्रेस मिटमै रोए निर्देशक । श्रीकृष्ण र स्वेता अझै बेपत्ता ।

Read Next

गीतकार रोजी लाबुंग राईको एल्बम ‘नयन’को बिमोचन