गीतकार रोजी लाबुंग राईको एल्बम ‘नयन’को बिमोचन

गीतकार रोजी लाबुंग राईको नयाँ एल्बम ‘नयन’को बिमोचन भएको छ । र शनिबार राजधानीमा आयोजित बिमोचन समारोहमा बरिष्ठ गीतकार डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यता रहेको थियो ।युकेमा बसोबास गर्ने रोजी लाबुंगले एल्बमको नामकरण आफ्ना श्रीमान नयन लाबुंगको नामबाट गरेकी हुन् । र बिमोचन समारोहमा गीतकार लाबुंगको उपस्थिति नरहेता पनि समारोहमा विभिन्न क्षेत्रका दिग्गज व्यक्तित्वको उपस्थिति रहेको थियो ।
nayan
ताराप्रकाश लिम्बु,बसन्त सापकोटा,खगेन्द्र लिम्बु र सुमन सरगमको संगीतमा स्वरूपराज आचार्य,मिलन अमात्य,रजिना रिमाल,मेलिना राई,साज सिंह,सुमन सरगम,प्रलाहद तिमल्सिनाले एल्बमका गीतहरुमा आफ्नो स्वर दिएका छन् । एल्बमको बजार ब्यबस्थापन ओपेरा टीयुन्सले गरेको छ ।आठ ओटा गीत समाबेश गरिएको एल्बमका गितलाई प्राज्ञ डा कृण्णहरी बरालले एल्बमको बिमोचन तथा समिक्षा गरेका थिए । बसन्त सापकोटा,तारा प्रकाश लिम्बु,खगेन्द्र लिम्बु र सुमन सरगमको संगितरहेका गितहरुमा स्बरुपराज आचार्य,रजिना रिमाल,साज सिंह,मेलीना राई,मिलन अमात्य,सुदिप खलीङ्ग र प्रलाद तिमील्सिना समेत स्बर रहेको छ । प्रेम,समर्पन र पिडा गितका माध्यमबाट बाहिर ल्याउने प्रयास गर्नु भएको मा प्रमुख अथिती तथा समिक्षक डा कृृृृस्णहरी बरालले गितकार रोजी लाबुङ्ग राई को प्रसंसा गरेका थिए । एल्बम बारे प्रतिकृया दिदै संगितकार तारा प्रकाश लिम्बुले एल्बममा समाबेश सबै गित उत्कृस्ट रहेको रहेको बताउदै गायिका मेलीना राईको आबाजमा रहेको गित अंगालो मा बोलको गितबाट आफु उत्साहित रहेको बताए ।

Namaste Filmy

Read Previous

अभिनेत्री प्रियंका कार्कीसँगको बिबाद अन्तत आएर समाधान भएको छ ।

Read Next

'किक'को टिकट बेच्दै बलिउड सेक्सी हिरो इमरान हासमी ।