'किक'को टिकट बेच्दै बलिउड सेक्सी हिरो इमरान हासमी ।

[dropcap][/dropcap]लिउडमा सेक्सी हिरोको छवि बनाएका इमरान हासमी पछिल्लो समय फिल्मको टिकट बेच्दै गरेको देखिएको छ । के फिल्म पाउन छाडेपछि उनले पेशा परिवर्तन गरेका हुन त ? केहि ले अनुमान पनि लगाए । तर वास्तविकता त्यस्तो हैन । बलिउडकै स्टार बनिसकेका हासमीले टिकट बेच्नु पनि स्वभाविक कुरो हैन । Imran hasmi-inवास्तवमा उनी आफ्नो आउनेवाला फिल्म ‘राजा नटवारलाल’को प्रमोशनको लागी फिल्म हलबाहिर टिकट बेचिरहेका थिए । कयौ मिडियाले दर्शकलाई सचेत गराएको थियो कि हासमी सँग टिकट खरिद नगर्नको लागी । किनकी हासमीले दर्शकलाई ठग्न सक्दथ्यो ।
वास्तवमा यो एउटा फिल्म प्रोमोशनको नयाँ तरिका थियो । किनकी राजा नटवारलाल मा इमरानको भुमिका यस्तै टिकट बेच्ने र दर्शकलाई ठग्ने प्रकारको छ । फिल्मको क्यारेक्टर अनुसार नै उनले शनिबार सलमान खानको फिल्म किक को टिकट बेचेका हुन ।
फिल्म ‘राजा नटवारलाल’ भने आउदो अगस्ट २९ बाट रिलिज हुदैछ । फिल्ममा इमरानको अलवा पाकिस्तानी नायिका हुमैमा मलिक, दिपक तिजोरी, परेश रावल, केके मेनन लगायतको पनि मुख्य अभिनय छ ।

Namaste Filmy

Read Previous

गीतकार रोजी लाबुंग राईको एल्बम ‘नयन’को बिमोचन

Read Next

मोफसल प्रचारमा 'माइ प्रमिस' । चितवनमा च्यारिटी शो गरिदै ।