मोफसल प्रचारमा 'माइ प्रमिस' । चितवनमा च्यारिटी शो गरिदै ।

[dropcap]रि[/dropcap]लिजको लागी तयार फिल्म ‘माई प्रमिश’को एक टोली पब्लिसिटीको क्रममा मोफसलका विभिन्न शहरमा पुगेर फर्किएका छन । फिल्मको प्रचार गर्दै हिडेको उक्त फिल्म टोलीलाई दर्शकहरुले सफलताको शुभकामनासमेत दिए । पुर्वका धरान, विराटनगर हुदै चितवन पुगको फिल्म टोली सोमबार राजधानी फर्किएको हो । My promise-inयसैबीच फिल्मको चितवनमा च्यारिटी शो हुने भएको छ । चलचित्र पत्रकार संघ चितवनको सहयोगार्थ आगामी भदौ १३ गते शुक्रबार फिल्मको च्यारिटी शो गरिन लागिएको हो । हरितालिका तीजको अवसरमा दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले  फिल्म देखाइने छ भने सो च्यारिटी शो बाट उठेको पैसाले चलचित्र पत्रकार संघ चितवनले चलचित्र क्षेत्रका कलाकर्मी र चलचित्र पत्रकारको लागि खर्च गर्ने छ ।
फिल्मको निर्माता तथा नायक रमेशचन्द्र राईका अनुसार च्यारिटी शो बाट उठेको सम्पुर्ण रकम चलचित्र पत्रकार संघ चितवनलाई सहयोगस्वरुप प्रदान गरिनेछ । आफुहरुको रिलिजपुर्व नै फिल्मको विभिन्न शहरहरुमा च्यारिट शो गर्ने लक्ष्य रहेकोले पनि संघको सहयोगार्थ चितवनमा च्यारिटी गरिन लागेको उनको भनाई छ । My-promise-poster1टीआरएनजी प्रोडक्सनको प्रस्तुतीमा निर्मित फिल्मलाई चल्तीका निर्देशक सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन । फिल्ममा रमेशचन्द्र राई, नरकुमार लिम्बु, केकी अधिकारी, विल्सन बिक्रम राई, अनुराग कुवँर लगायतका कलाकारहरुको अभिनय छ । विदेशमा रहने नेपाली लाहुरेहरुको कथालाई मुख्य विषयबस्तु बनाइएको फिल्मलाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिइसकेको छ । फिल्मको सार्वजनिक प्रदर्शन भने तिहारपछि गरिने बुझिएको छ ।

Namaste Filmy

Read Previous

'किक'को टिकट बेच्दै बलिउड सेक्सी हिरो इमरान हासमी ।

Read Next

कसको नजरमा अल्झिए आर्यन ? भिडियो ।