कसको नजरमा अल्झिए आर्यन ? भिडियो ।

मेघा ब्यानरको प्रतिक्षित फिल्म ‘लज्जा’को गीत रिलिज गरिएको छ । ‘के भयो भयो’ टाइटलको गीतमा नायक आर्यन सिग्देलसँगै नायिका शिल्पा पोखरेल फिचरीङ छन । सार्वजनिक गीतमा राज सिग्देलको सुमधुर अवाज रहेको छ भने चेतन सापकोटाको सँगीत र किरण खरेलको शब्द रहेको छ । Lajja nepali movie-inआउदो कात्तिकमा रिलिज गरिने फिल्म छविराज प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन । यसअघि कयौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी शिल्पा पोखरेल नै फिल्मकी हिरोइन हुन । उनको यो डेब्यु फिल्म हो । शिल्पाले छविराज ब्यानरकै अर्को फिल्म ‘हवल्दार सुन्तली’मा पनि काम गरिसकेकी छिन । फिल्ममा आर्यन सिग्देल लभरब्वाई बनेका छन । प्रेमकथामा अधारित फिल्म लज्जाको कार्यकारी निर्माता छविराज ओझा हुन भने दिजेन्द्र शाक्य निर्माता हुन । फिल्मको कथा छवि स्वयमले लेखेका हुन । मदनकश्यप घिमिरेले खिचेको फिल्मलाई अनन्त थपलियाले सम्पादन गरेका हुन । त्यस्तै फिल्ममा कविराज गहतराजको नृत्य तथा चेतन सापकोटाको सँगीत रहेको छ ।

Namaste Filmy

Read Previous

मोफसल प्रचारमा 'माइ प्रमिस' । चितवनमा च्यारिटी शो गरिदै ।

Read Next

राजेश पायल जंगिएपछि मलेसियाको कार्यक्रममा झडप ।