राजेश पायल जंगिएपछि मलेसियाको कार्यक्रममा झडप ।

[dropcap][/dropcap]लेसियामा आयोजित एक कार्यक्रममा चर्चित गायक राजेशपाइल रार्ई जंगिएका छन । कार्यक्रममा डिआइडी लिटिल मास्टर्सको उपाधि जितेसँगै चर्चित बनेकी तेरिया मगरलाई मात्रै सम्मान गरी आफूलाई वेवास्ता गरेको भन्दै गायक राई जंगिएका हुन  । राजेश जंगिए लगतै त्यहा रहेका नेपाली समुदायबीच झडपसमेत भएको बताइन्छ ।Rajesh-Teriya-Sarika-inउक्त कार्यक्रम मलेसियाको नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको हो । महासंघले आइतबार राति राजधानी क्वलालाम्पुरमाको खुकुरी रेष्टुरेण्टमा तेरियालाई सम्मान कार्यक्रम राखेको थियो । तर, राजेशपायलले आफु वरिष्ठ भन्दै आफुलाई नै पहिलो सम्मान हुनुपर्ने बताएपछि विवादसंगै झडप भएको कार्यक्रमका प्रत्यक्षदर्शीको भनाई छ ।
महासंघका अध्यक्ष सुन्दर आलेमागरका अनुसार कार्यक्रममा तेरियालार्इ मात्र सम्मान गर्ने पूर्व निर्धारित कार्यक्रम थियो । सम्मान नपाएपछि रिसाएका राजेशले कार्यक्रम छाडेर गाडीमा गर्इ बसेको र सांस्कृतिक कार्यक्रमको स्थानीय संयोजक तामिल मूलको ब्यक्ति लगाएर धम्क्याएको आलेले बताए ।
त्यसपछि तामिल सवारी चालकहरुले तयारी अवस्थामा राखिएको खाना फालिदिएको र केही व्यक्तिको पासपोर्ट समेत नियन्त्रणमा लिएको बताइन्छ । जनजाति महासंघका सदस्यहरुले राजेशपायल कै निर्दैशनमा तामिल सवारी चालकहरुले भिडन्तको अवस्था सिर्जना गरेको आरोपसमेत लगाएका छन् ।

तस्वीर: कार्यक्रममा सहभागी हुन मलेसिया पुगेका गायक राई, तेरिया मगर र नायिका सारिका घिमिरे।

Namaste Filmy

Read Previous

कसको नजरमा अल्झिए आर्यन ? भिडियो ।

Read Next

डिभोर्स गरेका ऋतिकसँग पुर्वपत्नीले मागिन् ४०० करोड ।