डिभोर्स गरेका ऋतिकसँग पुर्वपत्नीले मागिन् ४०० करोड ।

[dropcap]ब[/dropcap]लिउड स्टार ऋतिक रोशन र उनकी पुर्वपत्नी सुजैनबीच डिभोर्स भएको लामो समय भइसकेको छ । दुवैले अदालतमा कानुनी सम्बन्धबिच्छेदको लागी उजुरी समेत दिइसकेका छन । तर अब समाचार आएको छ कि ऋतिकसँग जीवन बिताएबापत सुजैनले क्षतिपुर्ति स्वरुप ४०० करोड माग गरेकी छिन ।Hrithik Roshan-Sussanne-breakup-8 त्यसो त यो समाचार यसअघि पनि सुनिएका हो तर सुजैनले आफुले कुनै रकम माग नगरेको भन्दै स्पष्ट पारेकी थिइन ।
तर पुन सुजैनले ऋतिकसँग ४०० करोड माग गरेको खुलासा भएको छ । यसबारेमा क्रिस सुपरहिरो ऋतिकले भने कुनै प्रतिक्रिया दिएको छैन । स्मरण रहोस गत बर्षको अन्त्यमा ऋतिक र सुजैन औपचारिक रुपमा अलग्गिएका थिए । करिब चार बर्षको अफेयरपछि सन २००२ मा विवाह गरेका यो जोडी सहमतिमै छुट्टिएका हुन । उनीहरुको दुई छोराहरुलाई भेट्न भने दुबै बेलाबेलामा जाने गरेका छन । ऋतिक हाल नयाँ फिल्म ‘बैंग बैंग’ को काममा ब्यस्त छन ।

Namaste Filmy

Read Previous

राजेश पायल जंगिएपछि मलेसियाको कार्यक्रममा झडप ।

Read Next

बकवास समाचार भन्दै राजेशपायलको घोर आपत्ति ।