
[dropcap]सो[/dropcap]मबार नेपाली अनलाइन मिडियाहरुमा एउटा समाचार छ्यापछ्याप्ती आयो । सम्मान नपाएपछि गायक राजेशपायल राईले मलेसियाको कार्यक्रममा बबाल गर्यो भन्ने समाचार आएपछि सबैको ध्यान त्यतैतिर तानियो । तर उक्त समाचार मनगनन्ते, झुट, बकवास भएको भन्दै गायक राजेशपायल राईले घोर आपत्ति जनाएका छन । फेसबुकमार्फत स्पष्ट पार्दै राजेशले उक्त समाचार प्रकाशन गर्ने उज्यालोअनलाइन डटकमले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोपसमेत लगाए । राजेशले मलेसियाको खुकुरी रेष्टुरेन्टमा आफुले सम्मान नपाएको भन्दै कुनै किसिमको अभद्र ब्यबहार नगरेको बताएका छन । सम्मान तेरियालाई पनि गरेको र आफुलाई पनि गरेको उनको प्रस्टोक्ति छ । उनले लेखेका छन – ‘सम्मान भन्नाले खादा ओढाएकै हो र अर्को कुरा मलाई मात्र होइन अरु कलाकारहरु पनि थिए सम्मान पाउनेहरु, दमन रुपाखेती, देवी घर्ती, राजु ढकाल, सुरविर पण्डित, सन्जोग लामा, सारिका घिमिरे आदी ।’
राजेशका अनुसार आफु खाना खान मन नलागेको र भर्खरै खाएको भन्दै त्यहाँबाट हिडेका थिए । त्यसपछि त्यहाँ के भयो आफुलाई थाहा नभएको उनको भनाई छ । उनले यसरी आइरहेको अतिरञ्जित समाचारप्रति आयोजक जनजाति महासंघले बिरोध गर्नुपर्ने तर किन गरेन आफु अचम्ममा परेको बताएका छन । आफुले कुनै किसिमको हिंसा नचाहेको र भगवानले दोषीलाई सजाय दिने उनको भनाई छ । आफ्नो लागी दर्शक स्रोता नै भगवान भएको र कार्यक्रम अत्यन्त सफल भइरहेको समेत उनले जनाएका छन ।
यसअघि राजेशकै कारण कार्यक्रमस्थलमै नेपालीहरु बीच झडप भएको समाचार आएको थियो ।

राजेशले फेसबुकमा राखेको स्टाटस :
