निर्देशक बरुण अधिकारीको निर्देशनमा 'ब्याड ब्वाय' ।

राजेन्द्र कार्की ।
[dropcap]ने[/dropcap]पाली कथानक चलचित्र “प्रियशी” का निर्देशक बरुण अधिकारीले दोस्रो चलचित्रको रुपमा “ब्याड व्वाय” निर्देशन गरेका छन । प्रेम कथाका साथसाथै द्धन्द्ध प्रधान यस चलचित्रका निर्माता मनोज थापा हुन । मनोज फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण भएको सो चलचित्र अहिले पोष्ट प्रोडक्सनमा रहेको छ ।Bad boy team एउटा मनपरेको मानिस प्रति साँच्चीकै सर्मप्रित हुन अरु कसैको लागि ब्याड व्वाय बन्नु पर्ने बाध्यतात्मक परिस्थीतीलाई चलचित्रमा प्रस्तुत गर्न खोजिएको छ । समसामयिक र नेपाली युवाहरुको पिंडाका विषय वस्तुहरुलाई समावेश गरिएको यस चलचित्र युवाहरु माझ समेत लोकप्रिय रहने निर्माता थापाले बताउनु भएको छ । अब्बल द्धन्द्ध निर्देश राजेन्द्र खड्गीको सहायक द्धन्द्ध निर्देशक समेत रहनु भएका राजु जंग थापा ब्याडब्वायका द्धन्द्ध निर्देशक रहेका छन । द्धन्द्धलाई समेत मुख्य प्राथमिकतामा राखी निर्माण गरिएको यस चलचित्रमा द्धन्द्ध निर्देशक थापाले नयाँ प्रयोग गरेको समेत निर्माता थापाले बताउनु भएको छ । निरन्तर २० वर्ष देखि चलचित्र क्षेत्रमा सर्मप्रित द्धन्द्ध निर्देशक थापाले अहिले सम्म सय भन्दा बढी चलचित्रमा द्धन्द्ध निर्देशन गरिसक्नु भएकाले पनि यस चलचित्रबाट धेरै नै आशा गरिएको पनि निर्माता थापाले बताउनु भएको छ । हिन्दुहरुको महान पर्व विजया दशमीको अवसर पारेर देशभर रिलिज गरिने यस चलचित्रका कलाकारहरुमा राजेश ढुङ्गाना, रोशनी घिमिरे, सुमीत्रा श्रेष्ठ, नानी काजी डंगोल९नागे०, सुरविर पौडेल लगायतका रहेका छन ।

Namaste Filmy

Read Previous

बकवास समाचार भन्दै राजेशपायलको घोर आपत्ति ।

Read Next

मेरो तलब ४५० रुपैया थियो : पढनुस हास्यकलाकार 'रातामकै'को फ्ल्यासब्याक ।