फिल्म प्रमोसनमा अहिलेसम्मकै नयाँ शैली । 'ताण्डव'को पोस्टर भर्ने खेल ।

[dropcap][/dropcap]हुप्रतिक्षित चलचित्र ‘ताण्डव’ले फिल्म प्रमोशनमा अहिलेसम्मकै नयाँ शैली अपनाएको छ । डिजिटल शैलीमा प्रमोशन गर्नको लागी फिल्मले ड्रयाग गरेर खाली ठाउँ भर्ने गेम लन्च गरेको छ । ताण्डवको यो प्रमोसनको नया तरिकामा इन्टरनेट प्रयोगकर्ताले फिल्म ओरिजिनल तस्वीरबाट अपुरो तस्वीरको खाली भागमा ड्रयाग गरेर भर्नुपर्नेछ ।tandav-game-new ड्रयाग गरेर खेलिने खेलमा प्रयोगकर्ताले ओर्जिनल पोष्टर जस्तै अपुरो पोष्टरमा कलाकारको नाम, रिलिज डेट लगायतका अन्य दृश्य जस्ताको त्यस्तै मिलाउनु पर्ने छ । यसरी चलचित्रको पोस्टरमाथि गेम अ‍ेलेर दर्शकले मज्जा लिन सकिनेछ । यसरी डिजिटल शैलीमा प्रमोशन गरेको नेपाली फिल्ममा पहिलोपटक हो । यसअघि विभिन्न हिन्दी फिल्महरुमा यसप्रकारको भिडियो गेम शैली अपनाइएको थियो ।
कुलत र अपराधको कथा ‘ताण्डव’लाई विदेशी निर्देशक मुर्रे केर ले निर्देशन गरेका हुन । स्म्यसिङ एप्पलको ब्यानरमा मोहन डोटेलले निर्माण गरिएको फिल्मलाई काठमण्डौ तथा तौलिहवाको विभिन्न स्थानमा खिचिएको थियो । फिल्ममा र्यापर आशिष राणा, नम्रता श्रेष्ठ, अनुप बराल, बिपिन कार्की, एलन गुरुङ लगायतको अभिनय छ । फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन । फिल्म आउदो भदौ ६ गतेबाट अलनेपाल रिलिज हुदैछ ।

Namaste Filmy

Read Previous

मेरो तलब ४५० रुपैया थियो : पढनुस हास्यकलाकार 'रातामकै'को फ्ल्यासब्याक ।

Read Next

फेरी आमा बन्दैछिन विश्वचर्चित पपस्टार सकिरा ।