चलचित्र 'नाइके'को धमाधम डबिंग हुदै ।

[dropcap]ग्या[/dropcap]ङस्टारको कथामा आधारित चलचित्र ‘नाइके’को हाल धमाधम डबिंग कार्य भईरहेको छ । पोखरेली प्रोजेक्ट नाईके आगामी भदौ १३ गते बाट प्रदर्शनमा आउने फिल्म हो । नेत्र गुरुङले निर्देशन गरेको चलचित्र ‘नाइके’मा आर्यन सिग्देल ग्याङस्टार ‘नाइके’को रुपमा देखिएका छन् । Naike-dobbing-inसोमबार बाट सुरु भएको डबिङ्गमा पहिलो स्वर भने आर्यन संगै लिड भूमिकामा रहेका पोखरेली पत्रकार एवम कलाकार रेम बिक ले दिएका छन । चलचित्र भित्रको एउटा पात्र उनले सोमबार अवाज दिएका थिए भने नायक आर्यन सिक्देलले पनि सोमबार नै आवाज भरेका हुन । प्रदर्शनको लागि अब ब्यापक प्रचार प्रशारमा उत्रिने नाईके चलचित्रको युनिटले बताएको छ । ब्ल्याक स्याडो प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कार्यकारी निर्मात विष्णु हमाल हुन । फिल्ममा आर्यनसहित रेम बिक, सुरबिना कार्की, बोधराज रेग्मी, सारिका केसी, बिजयराज सेन्चुरी लगायतको मुख्य अभिनय रहेको छ । अर्जुन तिवारीले खिचेको फिल्ममा रोहन नेपालीको नृत्य, सानु महर्जनको द्धन्द तथा ताराप्रकाश लिम्बु, योगेश काजी र रमण गायकको सँगीत रहेको छ ।

Namaste Filmy

Read Previous

फेरी आमा बन्दैछिन विश्वचर्चित पपस्टार सकिरा ।

Read Next

सय करोड क्लबमा सलमान खानको 'किक' ।