सय करोड क्लबमा सलमान खानको 'किक' ।

[dropcap][/dropcap]न्तत सलमान खान स्टारर फिल्म ‘किक’ ले सय करोड क्लबमा इन्ट्री गरेको छ । ओपनिङ कलेक्सन नै बम्पर गरेको फिल्मले पाँचौ दिनमा आएर सय करोड बढी कमाएको हो । चौथो दिनमै फिल्मले सय करोड कमाउने अनुमान लगाइए पनि फिल्मले मात्र ९८ करोड कमायो । तर पाँचौ दिनमा पनि उत्कृष्ट कलेक्सन गर्दै मंगलबारसम्म फिल्मको जम्मा कलेक्सन १२७.५९ करोड पुगेको छ । kick_s_hindi movieफिल्मले रिलिजको दिन शुक्रबार २६.५० करोड, शनिबार २७.१५ करोड, आइतबार ३०.१८ करोड, सोमबार १४.४१ करोड र मंगलबार २९.३५ करोडको डोमेस्टिक ब्यापार गरेको हो । यसबाहेक फिल्मले जम्मा २८.५० करोडको ओभरसिज ब्यापार गरेको रिपोर्ट छ । यसरी फिल्मको कुल कलेक्सन १५६.०९ करोड पुगेको रिपोर्ट आएको छ ।
यता नेपाली बजारमा पनि फिल्म ‘किक’ले  राम्रो दर्शक तानेको रिपोर्ट छ । नेपालबाट मात्रै फिल्मले पहिलो दिनमा ६० लाख बढिको ब्यापार गरेको थियो । हालसम्म नेपाली बजारबाट फिल्मले गरेको कलेक्सन रिपोर्ट नआएपनि २ करोड सम्मा कमाउन सक्ने बताइन्छ ।
फिल्म किक यो बर्ष सय करोड क्लबमा पुग्ने सलमान अभिनित दोस्रो फिल्म हो । यसअघि फिल्म जय हो ले पनि सय करोड कमाइसकेको छ । यो बाहेक यसबर्ष एक भिलेन, २ स्टेटस, जस्ता फिल्मले पनि सय करोड कमाईसकेको छ ।
फिल्ममा सलमानसँगै ज्याकलिन फर्नान्डिज, मिथुन चक्रवर्ती लगायतको अभिनय छ । फिल्मलाई साजिद नाडियालवालाले निर्देशन गरेका हुन ।

Namaste Filmy

Read Previous

चलचित्र 'नाइके'को धमाधम डबिंग हुदै ।

Read Next

तामाङ चलचित्रले नियमित शो का लागी हल पाऊने ।