तामाङ चलचित्रले नियमित शो का लागी हल पाऊने ।

[dropcap]ता[/dropcap]माङ चलचित्रको ईतिहासलाई हेर्ने हो भने दुई दशक बित्न लागि सकेकोछ । २०५२ सालमा पहिलो पटक जयनन्द लामाद्दारा निर्देशित सेमरी छोरङान (मनमा चेतना) नामक चलचित्रबाट तामाङ चलचित्रको निर्माण सुरु भएको हो । १९ बर्षको यो अबधिमा संख्यातमक रूपमा तामाङ चलचित्रलाई हेर्ने हो करिब १०० को हाराहरीमा पुगीसकेको छ । Tamang film-inजयन कुमार मोक्तान द्दारा संकलित सम्पादित प्रकाशित तामाङ चलचित्र अभिलेख पुस्तकमा आधारित तथ्यांक अनुसार तामाङ भाषामा बनेको चलचित्र ७३ वटा, तामाङ कथा नेपाली भाषामा बनेको चलचित्र ७ वटा, छोटो अर्थात वृत्तचित्र १० वटा निर्माण भैसकेको छ । त्यस्तै शो हुन बाँकी ६ वटा र पुस्तक प्रकाशित भैसकेपछि शो भएको १ चलचित्र समेत गरेर ९७ वटा तामाङ चलचित्र निर्माण भैसकेको छ ।
यसरी ९७ वटा चलचित्र निर्माण भैसके पश्चात बल्ल तामाङ चलचित्रले नियमित रुपमा प्रदर्शनको लागी हल पाउने भएको छ । जसअनुसार मकवानपुर जिल्लाको हेटौडामा प्रत्येक महिनाको अन्तिम बिहिबार तामाङ चलचित्र शो भैरहेको छ । त्यसैगरि निर्देशक तथा ल्हाप्साङ कार्पो म्युजिक प्रा.लि. का प्रोपाईटर रोशन फ्युवाका अनुसार धादिङ जिल्लाको सदरमुकाम धादिङ बेसीमा प्रत्येक महिनामा ४ पटक शो गर्ने निर्णय भएको बताइएको छ । अब तामाङ चलचित्र संघको पहलमा छिटो भन्दा छिटो काठमाण्डौको हलहरूमा पनि तामाङ चलचित्र शो गर्नको लागि नैतिकरूपमा दबाव दिने तयारी गरिएको छ । त्यसैगरि नेपाल चलचित्र विकास बोर्ड र सञ्चार मन्त्रिलाई ज्ञापनपत्र बुझाउने र मागहरू सुनुवाई नभए अर्को आन्दोलनहरु अगाडि सार्ने तामाङ चलचित्र संघका अध्यक्ष जेनिश दोङले बताउनु भएको छ ।

Namaste Filmy

Read Previous

सय करोड क्लबमा सलमान खानको 'किक' ।

Read Next

कतार कन्सर्टका आयोजकप्रति शिव परियार आक्रोशित ।