कतार कन्सर्टका आयोजकप्रति शिव परियार आक्रोशित ।

shiva pariyar1[dropcap]मु[/dropcap]स्लिम समुदायको महान पर्व इदको अवसरमा कतारमा आयोजित मेघा कन्सर्टका आयोजक प्रति चर्चित गायक शिव परियारले असन्तुष्टि पोखेका छन । शिव कार्यक्रममा प्रस्तुती दिनका लागी नेपालबाट कतार पुगेका थिए । तर उनले स्टेजमा दुइ लाइन पनि आफ्नो गीत त्यहाँका दर्शकसामु गाउन नपाएपछि आक्रोशित भएका हुन । यसबारेमा उनले समाजिक सञ्जाल फेसबुकमा समेत स्टाटससमेत लेखेका छन । उनले आयोजकको चरम लपारबाहिका कारण आफुले दुइ लाईन मात्र गाएर फर्किनुपरेको आरोप लगाएका छन । राष्ट्रिय कलाकारलाई पछाडि राखेर स्थानिय उदघोषकहरुले आफुलाई मात्र एक्पोज गर्न खोजेको र अत्याधिक दर्शक देखेपछि मख्ख परेर आयोजकहरुले ब्यबस्थापनमा चरम लपारबाहि गरेको उनको गुनासो छ । अन्तराष्ट्रिय स्तरको कार्यक्रममा आफु अपमानित भएको महसुस गरिरहेको बताउदै शिवले धेरै अपेक्षा गरेर आएका दर्शकहरुसँग माफिसमेत मागेका छन ।
वास्तवमा शिव गीत प्रस्तुत गर्दै गर्दा प्राविधिक समस्या देखिएपछि उनका प्रस्तुतिलाई केहिबेर रोकेका थिए । तर पछि समय अभाव भन्दै आयोजक र उदघोषकले उनलाई गीत गाउन दिएन । जसकारण शिव निकै रुष्ट बनेका हुन ।
कार्यक्रम हेर्न पुगेका दर्शकहरुले पनि आयोजकको लपारबाहि भएको बताए । विगत ९ बर्षदेखि कतारमा रहेका सुदर्शन भट्टले कार्यक्रममा उदघोषकहरुले अनाबश्यक कुरा गरेर समय टारेको र कलाकारलाई समय नदिएको बताए । उनले अहिलेसम्मकै सबैभन्दा धेरै दर्शकको उपस्थिति रहेको कार्यक्रम समयमा सुरु नभएको र कलाकारहरुलाइ समय नदिएकोप्रति आयोजकको कमजोरी औल्याए ।  qatar concert3-inकतारको इस्ट वेस्ट पार्क ग्रान्ड मल सनैयामा सम्पन्न कार्यक्रममा नेपालबाट प्रस्तुतिका लागी गायक शिवसँगै पशुपति शर्मा, सुगम पोखरेल, गायिका सुनिता दुलाल, कलाकार बिष्णु सापकोटा, निष्मा घिमिरे निरु खडका लगायत कतार पुगेका थिए । त्यस्तै डिआइडी लिटील मास्टर्स विजेता तेरिया मगर पनि कार्यक्रमको मुख्य आकर्षण बनेकी थिइन । कार्यक्रममा करिब १३००० दर्शकको उपस्थिति रहेको अनुमान थियो ।
qatar concert2-inPhoto by: SN Entertainment.

Namaste Filmy

Read Previous

तामाङ चलचित्रले नियमित शो का लागी हल पाऊने ।

Read Next

हिन्दी फिल्मसँग किन डराएन 'मेरो भ्यालेन्टाइन' ?