कसले दियो राजेशपायलबारे समाचार लेख्ने पत्रकारलाई धम्की ?

[dropcap]के[/dropcap]हि दिनअघि मलेसियाको कार्यक्रममा गायक राजेशपायल राईले बिबाद गरेको भन्दै समाचार लेखेका पत्रकार भुमि पराजुलीलाई ज्यान मार्ने धम्की आएको छ । गत आइतवार मलेसियाको राजधानी क्वालालम्पुरस्थित द खुकुरी रेष्टुरेन्टमा भएको घटनालाई समाचार वनाएको भन्दै नचिनेका व्यक्तिले पराजुलीलाई धम्की दिएका हुन ।Rajesh-Teriya-Sarika-inभुमिले सोमबार उज्यालो अनलाइनमा गायक राईको कारण झडप भएको समाचार लेखेका थिए ।
समाचारमा तेरिया भन्दा आफू वरिष्ठ भएको भन्दै राजेशपायलले आफूलाई पहिले सम्मान गर्नुपर्ने भन्दै विवाद झिकेको उल्लेख थियो । तर गायक राईले यसबारेमा स्पष्ट समेत पारीसकेका छन र उनले समाचारको खण्डनसमेत गरेका छन ।
सोही विषयमा समाचार लेखेका पराजुलीलाई लुकाउनुपर्ने समाचार किन लेखेको भन्दै धम्की आएको हो । समाचार लेखेदेखि नै नचिनेको टेलिफोन नम्बरबाट बारम्बार धम्की आएको उनले बताए ।
टेलिफोनमा आएको धम्कीलाई आफूले रेडर्क गरेर सुरक्षित राखेको पराजुलीले बताए । पराजुलीले जीवन रक्षाका लागि माग गरेका छन् ।

Namaste Filmy

Read Previous

आदिवासी चलचित्र महासंघको अध्यक्षमा अमृत ।

Read Next

बलिउडकै सबैभन्दा महंगो डिभोर्स । ऋतिक-सुजैन ।