तीजमा मानिषा पोखरेलको 'जुनि भरीको सम्झना' ।

[dropcap]गा[/dropcap]यिका मनिषा पोखरेलले प्राश्ना शाक्य र जुना प्रसाई सग मिलेर नया तीजको गीत बजारमा ल्याएकी छिन । ‘जुनी भरिको सम्झना’ बोलको यो गीतको हालै म्युजिक भिडियो छायांकन गरिएको छ । करिब ११ घण्टा सम्म सो गीतको म्युजिक भिडियोको छायांकनमा गायिकाहरु आफै नै कम्मर मर्काउदै नाचेका थिए । Manisha pokhrel-teej-inगायिका  पोखरेलले  आफुले यसरि कहिल्यै ननाचेको भन्दै ११ घण्टा सम्म लगातार गीतमा यसरि नाच्दा अलि गाह्रो भएको बताइन । तर गाह्रो भए पनि गीतको भिडियो राम्रो बनाउन लामो समय नाच्दा थकाई भन्दा पनि आफुलाई मजा लागेको उनले सुनाइन । गौरब पोखरेलले निर्देशन तथा छायांकन गरेको सो गीतमा गायिकाहरुले नचाउने काम भने प्रदिपले गरेका हुन् । दीपक शर्माको शब्द तथा संगीत रहेको ‘जुनी भरिको सम्झना’ बोलको गीतको म्युजिक भिडियोलाई त्रिवेणी फिल्म्सले बजारमा ल्याउन लागेको हो । अब केहि दिनमै दर्शकमाझ आउन लागेको सो म्युजिक भिडियोलाई दर्शक तथा स्रोताहरुले रुचाउनेमा गायिका मनिषा पोखरेल बिश्वस्त छिन ।

Manisha pokhrel-teej1-in

Namaste Filmy

Read Previous

बलिउडकै सबैभन्दा महंगो डिभोर्स । ऋतिक-सुजैन ।

Read Next

'पुनर्जन्म' ट्रिजर । पानीसँग किन रमाउछन आर्यन ?