'पुनर्जन्म' ट्रिजर । पानीसँग किन रमाउछन आर्यन ?

[dropcap]ने[/dropcap]पाली कथानक चलचित्र ‘पुनर्जन्म’को फस्टलुक ट्रिजर सार्वजनिक गरिएको छ । ट्रिजरमा नायक आर्यन सिग्देल फिचरिङ छन । उनी पानीसँग रमाएको भिडियोमा देख्न सकिन्छ । Punarjanma-nepali-movie-inएम के इन्टरटेन्टमेन्टको प्रस्तुती रहेको फिल्ममा आर्यनसँगै नायक गजित विष्टको पनि मुख्य भुमिका छ । उनीहरु दुवैले फिल्ममा आर्मीको भुमिकामा समेत अभिनय गरेका छन । आर्यन र गजितसँगै सुस्मिता शाही, मिथिला शर्मा लगायतको अभिनय फिल्ममा रहेको छ । हाल छयांकन सकेर प्राविधिका काममा रहेको पुनर्जन्मका निर्माताहरु मोहनकृष्ण श्रेष्ठ र भद्र बहादुर शाही हुन । त्यस्तै फिल्मको निर्देशन भने सजन श्रेष्ठले गरेका छन । सजनले यसअघि कयौ फिल्महरुमा सम्पादन तथा सहनिर्देशन गरिसकेका थिए भने पुनर्जन्म उनको निर्देशकिय डेब्यु फिल्म हो । फिल्ममा बसन्त सापकोटाको सँगीत, अष्ट महर्जनको द्धन्द तथा सुदर्शन श्रेष्ठको कथा रहेको छ ।

Namaste Filmy

Read Previous

तीजमा मानिषा पोखरेलको 'जुनि भरीको सम्झना' ।

Read Next

"छड्के पोते रातो सारी " भन्दै गरिमा र सुमिनाको टक्कर (भिडियो)