"छड्के पोते रातो सारी " भन्दै गरिमा र सुमिनाको टक्कर (भिडियो)

निर्देशक शम्भु प्रधानले १२ बर्ष पछी निर्माण तथा निर्देशक गरेको चलचित्र ‘रंग बैजनि’को तिज गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको “छड्के पोते रातो सारी  “बोलको गीतलाई यादब खरेलले लेखेका हुन् भने दिप प्रधानको संगीत रहेको छ । प्रबिशा अधिकारी र सुम्निमा सिंहको आवाजमा सजिएको सो गीतलाई बसन्त श्रेष्ठले कोरियोग्राफी गरेका हुन ।
ranga baijaniसार्क फिल्म अवार्डमा अवार्ड जित्न सफल नायिका गरिमा पन्त र अभिनेत्री सुमिना घिमीरेलाई फिचरिङ गरिएको सो गीतमा यी दुबैले नृत्य मार्फत एक अर्काेसंग टक्कर गरेका छन् ।यसै चलचित्र मार्फत नब नायकको रुपमा नायक दिकपाल कार्की देखा परेका छन । नुतन प्रधानको कथा एबं निर्माणमा बनेको यस चलचित्र ‘रङ बैजनि’ मा गरिमा पन्त ,सुमिना घिमिरे , नव नायक दिकपाल कार्की , अर्जुन श्रेष्ट , प्रकास अधिकारी , जे एन घिमिरे लगाएतका कलाकारको मुख्य अभिनय रहेको छ ।मित्र डी गुरुङको सम्पादन तथा संचारकर्मी प्रणब सुबेदीले मुख्य सहायक निर्देशन गरेको यस चलचित्रको प्रदर्शन मिति भने डिसेम्बर १२ तारिखको दिन हुने भएको छ ।
गीत हेर्नुहोश :

 

Namaste Filmy

Read Previous

'पुनर्जन्म' ट्रिजर । पानीसँग किन रमाउछन आर्यन ?

Read Next

मोडल रेप केस मा मुछिइन पुनम पाण्डे।