बारमा नाच्दै गरेको भेटिए नन्दिता के सी । भिडियो ।

[dropcap]ना[/dropcap]यिका नन्दिता केसीको यस्तो हट अवतार सायद तपाइले यसअघि देख्नु भएको थिएन होला । एक दशक भन्दा लामो चलचित्र करिअरमा यस्तो सेक्सी नदेखिएकी नन्दिता ठमेलको एक बारमा हट अवतारमा नाचिरहेको भेटिइन । ‘आइ नीड योर लभ बेबी’ भन्दै कम्मर मर्कारहेकी नन्दिताको जवानीले वरपरका सबै फिदा देखिन्थे ।Nandita-jangabahadurko kot-inवास्तवमा उनी फिल्म ‘जंगबहादुरको कोट’का लागी आइटम डान्स दिइरहेकी थिइन । ‘जंगबहादुरको कोट’का लागि केसीले आफ्नो हट अवतार पहिलो पटक पर्दामा प्रस्तुत गरेकी हुन् । केसीले गीत र प्रस्तुत गर्ने तरिका मन परेकाले काम गरेको बताइन् ।
‘आइ नीड योर लभ बेबी’ गीत गम्भिर बिष्टको कोरियोग्राफीमा पुरुषोत्तम प्रधानको खिचिरहेका थिए । यो हट आइटम नृत्य फिल्म चलाउनको लागी मुख्य हतियार हुने अनुमान छ । फिल्मका निर्देशक भने आशिष भेटवाल हुन् । पहिलो पटक निर्देशनमा हात हालेका आशिषले सिनेमालाई एक्सन, थ्रिलर भनेका छन् । उनका अनुसार चलचित्रले जंगबहादुरको  बिषयलाई उठान गरेको छैन । तर उनको कोटलाई भने सिनेमामा कुनै अंशको रुपमा प्रस्तुत गरिएको छ ।
फिल्ममा विमलेष अधिकारी, अनुप बराल, विश्व बस्नेत, शुचित्रा आचार्य, सुवांगी कोइराला, मोहन निरौला, रश्मी भट्टको मुख्य भूमिका छ । ३० प्रतिशत दृश्य अष्ट्रेलियामा छायांकन गरिएको फिल्मको अब १० दिनमा छायांकन सकिनेछ ।
चलचित्रले अन्तरराष्ट्रिय रुपमा हुने ड्रग्सको खेतीलाई मुख्य बिषय बनाएको छ । योगेन खड्काको कथा, आशिष भेटवालकै पटकथा तथा संवाद रहेको चलचित्रमा जयन खड्काको लगानी छ ।

छायांकनको भिडियो:

Namaste Filmy

Read Previous

मोडल रेप केस मा मुछिइन पुनम पाण्डे।

Read Next

नाङिगए आमिर खान । संवेदनशील अङगमा रेडियो ।