फ्राइडे रिलिज:‘मेरो भ्यालेन्टाइन’ सोलो रिलिज

नेपाली फिल्मको ब्यापार सुस्ताएको बेला करिब दुई हप्ता बाट कुनै पनि नेपाली फिल्म प्रदर्शनमा आएको छैन ।आज शुक्रबार फ्राइडे रिलिज अन्तर्गत यो साता अर्थात श्रावण १६ गते बाट नेपाली चलचित्र ‘मेरो भ्यालेन्टाइन’ प्रदर्शनमा आएको छ । शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘मेरो भ्यालेन्टाइन’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।(भिडियो सहित )
mero-valentine-inश्रावण महिनाको दुई सातासम्म कुनै पनि नेपाली फिल्म प्रदर्शनमा नआए पनि फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट चलचित्र ‘मेरो भ्यालेन्टाइन’ प्रदर्शनमा आएको छ । फिल्म ‘मेरो भ्यालेन्टाइन’ भने शुक्रबार बाट सोलो रिलिजमा आएको हो ।चलचित्र ” मेरो भ्यालेन्टाइन”लाई सफल निर्देशक सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन ।शुशिल श्रेष्ठको प्रस्तुतिमा सफ्ट इमेजद्धरा निर्मित फिल्ममा निशा अधिकारी, सुस्मिता ढकाल, बाबु बोगटी र स्वतन्त्रप्रताप शाहको मुख्य अभिनय रहेको छ । निर्देशक नाल्बोकै स्कृप्ट रहेको फिल्ममा शम्भु सापकोटाको छायांकन , रोशन श्रेष्ठको द्धन्द, बनिष शाहको सम्पादन, सुगम पोखरेल, बाबु बोगटी र स्वप्निल शर्माको संगीत र गोविन्द राई, अराज केशव र नरेन लिम्बुको नृत्य रहेको छ । फिल्मको सम्पुर्ण छयांकन काठमण्डौ तथा चितवनका विभिन्न रमणिय स्थानहरुमा गरिएको हो ।चलचित्र ” मेरो भ्यालेन्टाइन”ले प्रेम, रोमान्स, बिश्वास र धोकाको कथा बोकेको छ ।
प्रोमो हेर्नुहोश :

Namaste Filmy

Read Previous

नाङिगए आमिर खान । संवेदनशील अङगमा रेडियो ।

Read Next

"ताण्डव"को शिर्ष गीतको ओ.एस.ट सार्वजनिक । ‘लाहुरे’ आफैले गाए