"ताण्डव"को शिर्ष गीतको ओ.एस.ट सार्वजनिक । ‘लाहुरे’ आफैले गाए

यहि भदौ ६ प्रदर्शनमा आउन लागेको चलचित्र “ताण्डव”को ओ.एस.ट (ओर्जिनल साउन्ड ट्रयाक) अडियो भर्सन गीत सार्वजनिक गरिएको छ ।सार्वजनिक गरिएको ओ.एस.ट (ओर्जिनल साउन्ड ट्रयाक) अडियो भर्सनको शिर्ष गीतमा युवापुस्ताका बिचमा निकै लोकप्रिय र्यापर ‘लाहुरे’ अर्थात आशिष रानाले आफ्नो स्वर दिएका छन ।
Tandav-nepali movie5लाहुरेले ‘ताण्डव’को लागि यो शीर्ष गीत समेत आफैले लेखेका हुन् । निर्माण कम्पनीका अनुसार दृश्य सहितको ओ.एस.टी पुन : सार्वजनिक गरिने छ । कुलत र अपराधको कथा ‘ताण्डव’लाई विदेशी निर्देशक मुर्रे केर ले निर्देशन गरेका हुन । स्म्यसिङ एप्पलको ब्यानरमा मोहन डोटेलले निर्माण गरिएको फिल्मलाई काठमण्डौ तथा तौलिहवाको विभिन्न स्थानमा खिचिएको थियो । फिल्ममा र्यापर आशिष राणा, नम्रता श्रेष्ठ, अनुप बराल, बिपिन कार्की, एलन गुरुङ लगायतको अभिनय छ । फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज:‘मेरो भ्यालेन्टाइन’ सोलो रिलिज

Read Next

शुभेच्छाले भनिन अशोकलाई दुखी बनाएर जिउनु छैन मलाई (भिडियो)